दुईवटा जन्मदर्ता बारे सन्दीपकै दुई वकिलको कुरा फरकपरेपछि…

बलात्कार आरोपमा हिरासतमा रहको राष्ट्रिय क्रिकेट टोलिका पूर्व कप्तान सन्दीप लामिछानेललाई सोमबार काठमाण्डौं जिल्ला अदालतले अनुसन्धानका लागि ७ दिनको म्याद थप गरेपछि अहिले सरकारी वकिलको कार्यालयले उनीसँगको बयान लिने कार्यलाई तिव्रता दिएको छ । सोमबार बन्द इजलासमा सन्दीपलाई पेश गरिरहँदा उनका कानुन ब्यवसायी अधिवक्ताहरुलाई पनि इजलासमा प्रवेश दिइएको थियो ।

म्याद थप सम्बन्धिको आदेश आएपछि सन्दीपको तर्फबाट वकालतको तयारी गरिरहेको अधिवक्ताहरुको टोलिले काठमाण्डौं जिल्ला अदालत परिसरमा संचारकर्मीहरुसँग बन्द इजलासमा भएको घटनाक्रम र आफूहरुको तयारीको बारेमा जानकारी समेत गराएका थिए ।

संचारकर्मीसँगको संक्षिप्त कुराकानीमा सन्दीपका कानुन ब्यवसायी टोलिमध्येकी एक सुधा रिजालले आफूहरुसँग पिडित नाबालिगाको दुईवटा जन्मदर्ता फेला पारेको र त्यसैको आधारमा मुद्दालाई अघि बढाउने प्रमाण रहेको प्रतिक्रिया दिएकी थिइन् । उनले जन्मदर्ता बनाउने क्रममा सरासर सन्दीपलाई फसाउने अभिप्रायले दुईवटा जन्मदर्ता बनाएको र एउटामा उमेर घटाएर बनाइएको देखिएको बताएकी थिइन् । उनले जाहेरीवालाहरुले फसाउने उद्देश्यसहित जन्मदर्ता बनाएको आफूहरुसँग प्रमाण रहेको किटान गरेकी छिन् ।

अधिवक्ता सुधाले भनिन्, ‘स्पेशल्ली चाँहि उहाँले दुईवटा जन्मदर्ता बनाएको पाइएको छ र पछि उहाँले जुन प्रतिलिपि लिनु भएको छ त्यसले के प्रुभ हुन्छ भने सिलसिलावार तरिकाले सन्दीपलाई फसाउने गरि बनाइएको हामीले पाएका छौं । त्यसलाई प्रुभ गर्ने डकुमेन्ट हामीले पाइसकेका छौं ।’

अधिवक्ता सुधाले यसो बताइरहँदा सन्दीपको कानुन ब्यवसायी टोलिको अगुवाई गरिरहेका अधिवक्ता सरोजकृष्ण घिमिरेले भने आफूलाई पिडित नाबालिगको दोहोरो जन्मदर्ताको बारेमा केही थाहाँ नभएको बताउँदै यस विषलाई थप पेचिलो बनाएका छन् । उनले दोहोरो जन्मदर्ता भएको भन्ने बारेमा समाचारमा आएपछि मात्र मलाई थाहा भएको तर आफू भने यस विषयमा अनविज्ञ रहेको प्रतिक्रिया दिएका छन् । दोहोरो जन्मदर्ताको बारेमा आफूलाई थाहा नभएको र या विषयमा आफ्नो कुनै धारणा नरहेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय