कसैको जोडी हेर्दा लाग्छ भगवानले फुर्सदमा बनाएको जस्तै यो इन्स्पेक्टर जोडी

कसैको जोडी चै भगवानले फुर्सदमा कुँदेर बनाएको जस्तो लाग्छ । ०६३ को इन्स्पेक्टरको ब्याचको चर्चित यो जोडी हेर्ने हो भने यस्तै लाग्छ ।

दुबैलाई हेर्दा नै लाग्छ एक अर्काका लागि भनेरै भगवानले बनाएको छ । र त्यो संयोगपनि जुराएको छ । दिप्ती कार्की र कौशल बुढाथोकी यही कारण मिलेको जोडीको रुपमा चर्चित छन् ।उनीहरुको प्रेमसम्बन्धपनि एउटा रमाइलो संयोगबाट गाँसिएको छ । ०६३ को माघमा इन्स्पेक्टरमा नाम निस्किएपछि सिटरोल भर्न उनीहरू प्रहरी एकेडेमी पुगेका थिए ।

एकेडेमीमा तालिमपूर्व चाहिने सामान खरिदका लागि लिस्ट दिइएको थियो । त्यो लिस्ट फोटोकपी गर्न उनीहरू नजिकैको फोटोकपी पसलमा गएका थिए ।दिउँसोको समय थियो, दिप्तीसँग घडी थिएन, नजिकै रहेका कौशलसँग उनले सोधिन्, ‘कति बज्यो ?’ प्रश्नको जवाफ सामान्य थियो, तर जवाफ दिने तरिका असामान्य । कौशलले घडी नै नहेरी कति बजेर कति मिनेट गयो भनिदिएका थिए । जसले दिप्तीलाई चकित बनायो ।

‘घडी नै नहेरी कसरी यति मिनेट गयो भन्नुहुन्छ ?’ उनले सोधिन् । कौशलले आफूसँग भएको डिजिटल घडी देखाए । नभन्दै उनको भनेकै समय थियो । घडी नहेरे पनि आफूलाई समय ठ्याक्कै थाहा हुने कौशलको भनाइ थियो ।

तर, दिप्तीलाई विश्वास लागिरहेको थिएन । र, केही समयपछि फेरि घडी नहेरी समय भन्न लगाइन् । कौशलले ठ्याक्कै मिलाए । कौशलको समय याद गर्ने शैली दिप्तीलाई अजीव लाग्यो ।

कुराकानीकै क्रममा उनीहरूले चिनजान गरे । अर्को संयोग के भने दुवैजनासँग सवारीसाधन थिएन । एकेडेमीबाट कौशल साथीहरू भेट्न ठमेल आउँदै थिए, दिप्ती पनि सामाखुसी जान लागेकी थिइन् । बाटो एउटै प¥यो । दुवै हिँड्दै लैनचौरसम्म आए । पहिलो भेटमै उनीहरूको मित्रता गाँसियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय