२० वर्षमै वडा कमिटीको जिम्मेवारी सम्हालेकी चाैधरीकाे मामाघर जाने क्रममा मृ’त्यु

एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको रूपन्देही जिल्ला सहसचिव झरना चौधरीको टुर्घटनामा मृत्यु भएको छ। दसैंका टीका लगाउन मामाघर जाने क्रममा बुधबार साँझ भैरहवामा स्कुटर दुर्घटनामा परेर उनको मृत्यु भएको अनेरास्ववियु सम्वद्ध एक नेताले जनाएका छन्।

२० वर्षीय चौधरी कम उमेरमै एमाले लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ६ की वडा सचिवको जिम्मेवारीमा आएकी थिइन्। त्यसबेला ‘एमालेकी कान्छी वडा सचिव’ भनेर उनी चर्चामा आएकी थिइन्।

तिलोत्तमा– ३ सिर्जनानगरकी उनी लुम्बिनी बौद्ध विश्वविद्यालयमा स्नातक तहमा अध्ययनरत थिइन्। घरमा टीका लगाएर नवलपरासीस्थित मामाघरमा जानेक्रममा उनी दुर्घटनामा परेकी हुन्।

प्रहरीका अनुसार बुधबार साँझ लु ४१ प ९८७ नम्बरको स्कूटीमा सवार उनलाई लु १ ज २८५३ नम्बरको कारले ठक्कर दिएको थियो। घाइते उनलाई उपचारका लागि लगिएको भीम अस्पतालले मृत घोषणा गरेको हो।

बुधबार साँझ भैरहवामा स्कुटर दुर्घटनामा परेर उनकाे मृत्यु भएकाे अनेरास्ववियुका केन्द्रीय सदस्य बालकृष्ण पाण्डेले जानकारी दिए । २० वर्षीय चाैधरी केही समयअघि एमालेकाे कम उमेरमै वडा कमिटीको जिम्मेवारीमा अाएर चर्चामा अाएकी थिइन् ।

तराईमा कम उमेरका छात्राहरूमा निकै राम्रो क्षमता देखाएर राजनीतिमा अाएकी चाैधरीकाे निधनले संगठनलाई अपूरणीय क्षति भएकाे पाण्डेले बताए । घरमा टीका लगाएर मामाघरमा जानेक्रममा उनी दुर्घटनामा परेकाे पाण्डेले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय