सभाखोला किनारमा गाडी,चप्पल गाडिमै बाबुछोरा बेपत्ता पछि मृ`त्यु

संखुवासभाकाे सदरमुकाम खाँदबारी नगरपालिका ९ मा पर्ने सभाखोलामा गाडी धुने भन्दै गएका बाबु छोरा बेपत्ता भएका थिए।

साेमबार दिउँसाे करिब ३ बजेतिर खाँदबारी ७ का अन्दाजि ४० बर्षिय तारानाथ काफ्ले र उनका १५ बर्षिय छाेरा सनम काफ्ले बेपत्ता भएकाे जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरिक्षक डिएसपी वीरेन्द्र गोदारले बताए ।
गाडी लिएर सोमबार सभाखोला गएका उनीहरू घर नफर्के पछि आफन्तले बिहान प्रहरीलाई खबर गरेका थिए ।

सभा खाेला किनारमा उनिहरु चढेर गएकाे प्रदेश १-०२-००२ च ५९२० नम्बरको बलेरो जीप, कपडा, जुत्ता, मोवाईल फोन, साबुन लगायतका सामाग्री फेला परेकाे प्रहरीले जनाएको छ ।

उनिहरुकाे खाेजि कार्यलाई तिब्रता दिईएकाे र घटना के कसरी घट्याे भन्ने बिषयमा थप अनुशन्धान गरिरहेकाे प्रहरिकाे भनाई थियो ।

सभाखोला मा पौडी खेल्ने क्रम मा बेपत्ता हुनु भएका संखुवासभा जिल्ला खाँदबारी नगरपालिकाको आङ्ला निवासी तारानाथ काफ्ले तथा वहाँका छोरा षडानन्द काफ्लेको यही मिति २०७९/०६/१७ गतेका दिन असामयिक एवम् अप्रत्याशित रुपमा भएको निधनले स्तब्ध भएका छौं। मृतात्माहरुको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय