अमेरिकाको भर्जिनियाको मनासस शहरमा गाडीले ठक्करदिदा नेपालीमूलका भुपेन उप्रेतीको निधन ,हार्दिक श्रद्धान्जली

आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो,
इन्द्रै विन्ती गरुन् झुकेर पाउमा त्यो विन्ती मान्दैन त्यो

अमेरिकाको भर्जिनिया राज्यको मनासस शहरमा गाडीले ठक्कर दिंदा नेपालीमूलका भुपेन उप्रेतीको दुखद निधन भएको छ । गत अक्टोबर ६ ,२०२२ बिहिबारका दिन दिउसो उनको निधन भएको आधिकारिक रुपमा चिकित्सकहरुले परिवारलाई जानकारी दिएका छन् ।

स्व उप्रेती सुन्दरहरैचा नगरपालिका ७ मोरङ गोठ गाउका र हाल अमेरिकाको भर्जिनियाको मनाससमा परिवारसंग बस्दै आएका थिए । बिगत साढे ४ बर्ष देखि उनि एबिसी पसलका व्यवस्थापक रुपमा काम गर्दै आएका थिए । उनि फेयरफ्याक्स काउन्टीको एबिसी पसलमा सन् २०१८ देखि कार्यरत थिए ।

उनि १४-१५ बर्ष देखि भर्जिनियामा बसोबास गर्दै आएका र आर्लिंगटन शहरबाट केही समय अगाडी मात्र मनाससमा घर खरिद गरि सरेका थिए ।

उनको आकस्मिक निधनले समुदायलाई स्तब्ध र आश्चर्य बनाएको छ । उनको निधन भए पछि सामाजिक संजालमा उनका परिवारका नजिकका आफन्त ,साथीभाइ,शुभ चिन्तक ,इष्ट मित्रहरुले सामाजिक संजाल मार्फत श्रद्धा सुमन र समवेदना दिनेहरुको क्रम जारी छ ।

गत बुधबार अक्टोबर ५ नेपालीहरुको बडा दशैको टीकाकै दिन राती उनि दुर्घटना परेका थिए । उनि निकै गम्भीर अवस्थामा भएकोले उनलाई हेलीकप्टर (उदग्र्बिमान)बाट अस्पताल लगिएको समेत स्थानीय पत्रिका डब्लुयुएसए९ ले उल्लेख गरेको थियो ।

भर्जिनियाको प्रिन्स विलियम काउन्टीका प्रहरीले जनाए अनुसार उनलाई नाजुक (लाइफ थ्रेटनिङ्ग)अवस्थामा हेलीकप्टर (उदग्र्बिमान)बाट अस्पताल भर्ना गरिएको थियो ।

प्रिन्स विलियम काउन्टी प्रहरी विभागका अनुसार गत बुधबार राती उनलाई कार(सवारी साधन)ले ठक्कर दिएको थियो । मनासस शहरको सडली म्यानोर र स्कोफिल्ड वे नामक सडकको बीचमा करिव ९:३० बजे उक्त दुर्घटना भएको डब्लुयुएसए९ ले जनाएको छ ।

४३ बर्षिय स्व उप्रेतीको जन्म २०३६ मा भएको हो भने उनको सामाजिक संजालमा फेब्रुअरी १४ का दिन प्रणय दिवस(भ्यालेनटाइन डे )को दिन उनको जन्म भएको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय