भेट्छु भन्दा भन्दै आमाबुबालाई भेट्न बाट किन रोकियो ?

भेट्छु भन्दा भन्दै आमाबुबालाई भेट्न बाट किन रोकियो ?
ग्लोबल स्टार क्रिकेटर सन्दीप लामिछाने अहिले अनुसन्धानका लागि हिरासतमा छन् । उनलाई वकिललगायत अन्य केही आफन्तहरुले भेटेका छन् भने सन्दीपका आमाबुबालाई भेट्नमा रोक लगाइएको छ ।

चितवनमा रहेका सन्दीप लामीछानेका आमाबुबाको स्वास्थ्यमा समस्या आएका कारण भेट्न दिइएको छैन् । स्वास्थ्यमा नकारात्मक असर पर्ने भएकाले पनि भेट्न दिइएको छैन् । सन्दीपका आमाबुबाले भने लामिछानेलाई भेट्ने इच्छा ब्यक्त गरिरहेका छन् ।

हाल सन्दीप लामिछानेका आमाबुबा छोरीसँग चितवनमा बसिरहेका छन् । सानोतिनो ब्यबसायका सिलसिलामा भारतमा रहेका उनका दाजु भने काठमाडौंमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय