के क्यान अध्यक्षले भनेजस्तै सन्दीपविरुद्ध उजुरी गर्ने किशोरीको उमेर १८ वर्ष माथि हो त ?

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले हिजो (शुक्रबार) एक राष्ट्रिय टेलिभिजन मार्फत सन्दीपविरुद्ध जबरजस्ती करणीको जाहेरी दिने किशोरीको उमेर १८ वर्ष भन्दा माथि भएको र सोअनुसारको सरकारी कागजात फेला पारेको दाबी गरे ।

तर, केटिएम दैनिकले प्राप्त गरेको पीडित भनिएकी किशोरीको जन्मदर्ता अनुसार उनको उमेर १८ वर्षभन्दा कम छ । मेडिकल परीक्षणले पनि उनको उमेर १८ वर्षभन्दा कम रहेको प्रहरीका उच्च अधिकारी बताउँछन् ।

केटिएम दैनिकले सम्पर्क गरेका प्रहरीका उच्च अधिकृतले क्यान अध्यक्षले राष्ट्रिय टेलिभिजनबाट यस विषयमा टिप्पणी गर्नु गलत भएको समेत बताए ।

क्यान अध्यक्षले पीडित भनिएकी किशोरीको उमेरबारे राष्ट्रिय टेलिभिजनमार्फत दिएको अभिव्यक्तिको क्लिप । पुरा भिडिओ यहाँ उपलव्ध छ ।

हामीले प्राप्त गरेको जन्मदर्ता अनुसार पीडित भनिएकी किशोरीको उमेर जबरजस्ती करणी हुने समयमा १७ वर्ष दुई महिना तीन दिन पुगेको छ । केटिएम दैनिकले पीडित भनिएकी किशोरीको जन्मदर्ताको पहिलो प्रतिलिपि प्राप्त गरेको छ ।

२०७५ साल मंसिर १८ गते जन्मदर्ता लिइएको भएतापनि उक्त जन्मदर्ता हराएपछि नागरिकता निकाल्नको लागि किशोरीले २०७९ साल असार १४ गते जन्मदर्ताको प्रतिलिपि लिएकी थिइन् ।

सामाजिक सञ्जालमा किशोरीको जन्म २०६१ सालमा भएको र उनी १८ वर्षभन्दा माथिको भएको भन्दै चर्चा परिचर्चा भएपछि हामीले उक्त वडाका वडाध्यक्षसँग सम्पर्क गरेका थियौं । हामीले वडाध्यक्षलाई जन्मदर्ताको प्रतिलिपिमा उमेर फरक पर्न सक्छ कि सक्दैन भन्ने प्रश्न गर्‍यौँ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय