सबै तरकारी मध्ये संसारको सबै भन्दा धेरै शरीरलाई फाइदा गर्ने तरकारी स्कुसको बारे जानौं

काठमाडौँ : नेपालीको भान्सा धान्ने सब्जी, स्कुस । घर–आँगनमा सजिलै फल्ने । धेरै फल्ने । स’स्तो, स्वादिलो, सुपाच्य र स्वस्थ्यकर । स्कुस वहुउपयोगी तर’कारी ।

स्कुसको मु’न्टा, फल र जरा सबै स्वाद फेर्दै खान सकिन्छ । त्यससँगै स्कुस धेरै मात्रामा उत्पादन हुने भएकाले यसले हाम्रो खाद्य भ’ण्डारलाई पनि समृद्ध बनाएको छ । मूख्य कुरा, स्कुस स्वा’स्थ्यका लागि कम्ता पो’षिलो छैन ।

१. पोषक तत्वको धनी स्कुसको सबैभन्दा ठूलो गुन भनेको यो तरकारी पोषक तत्वले धनी तरकारी हो । किनकि यसमा विभिन्न प्रकारका भिटामिन, खनिज, र फाइबरहरू पाउन सकिन्छ । जुन हाम्रो शरीरको लागि अत्यावश्यक छ ।

जस्तै, एउटा २०० ग्रा’मको स्कुसमा निम्नलिखित पोषकतत्व पाइन्छ । क्यालोरी – ३९ कार्बाेहाइड्रेड – ९ ग्रा’म प्रो’टिन – २ ग्राम भिटा मिन सी –२६ प्रतिशत क’पर – १२ प्रतिशत पोटासियम – ७ प्रतिशत म्याग्नेसियम – ५ प्रतिशत प्राप्त हुन्छ । यस्तो खाले पोषक तत्वका साथसाथै स्कुसमा कम क्यालोरी, फ्याट, सोडियम र कार्बाेहाइड्रेड हुने गर्छ । त्यस्तै, शरीरलाई स्वस्थ बनाउनको लागि यो सहायक सिद्ध हुन्छ ।

२. एन्टि अक्सिडन्टको उपलब्धता स्कुसका धेरै फाइदाहरू छन् । यसलाई शरीरमा चाहिने एन्टि अक्सिडेन्टको प्रचु’रताका कारण पनि अति गुनिलो तरकारीको रूपमा मान्ने गरिन्छ । एन्टिअक्सिडेन्ट विभिन्न प्रकारका खाद्य पदार्थहरूमा पाइन्छ, जसले हाम्रो शरीरको तन्तुहरूमा हुने असरबाट बचाउँछ भने यसले शरीरभित्र हुन सक्ने तनावलाई पनि कम गर्ने गर्छ ।

यिनीहरूमध्ये स्कुसमा माइरिसेटिन सबैभन्दा अधिक मात्रामा पाइन्छ । विभिन्न अनुसन्धान अनुसार मा’इरिसेटिन क्यान्सर प्रति’रोधी छ साथै यसले मधुमेह र जलन पनि कम गर्छ । स्कुस भिटामिन सीको एउटा उत्कृष्ट स्रोत हो, जुन हाम्रो शरीरको लागि अत्यावश्यक हुन्छ ।

३. मुटुको स्वा’स्थ्यका लागि स्कुस धेरै खाने मान्छेमा मु’टुरो’गको जो’खिम कम हुने गर्छ । जस्तै, उच्च र’क्तचाप, उच्च को’लेस्ट्रोल र र’क्तप्रवाहमा पनि यसले सहयोग गर्ने गर्छ । जनावर र टेस्ट’ट्युबमा गरिएको अनुसन्धानले र’क्तनलीहरूलाई स्वस्थ बनाउन मद्दत गरेको भेटिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय