काठमाडौं : कपनको राम मन्दिर नजिकै भएको आगलागीमा परी तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भरतबहादुर बोहोराका अनुसार ट्रेकिङ्ग अफिस र ट्रेकिङ्गमा प्रयोग हुने सामान राखिएको घरको भूइँतलामा ग्यास सिलिण्डर पड्कियर आगलागी भएको हो ।

मृतकको पहिचान हुन सकेको छैन। काठमाडौं र ललितपुरका दमकल पनि आगो नियन्त्रणमा लागिरहेका छन्।

प्रहरीका अनुसार बुधबार बेलुकी पौने ७ बजे कपनको एक घरमा ठूलो आवाजसँगै एक्कासी आगो लागेको थियो। प्रहरीका अनुसार घटनास्थलमा दुई जनाको मृत्यु भएको र एक जनाको शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भयको हो। कति व्यक्ति घाइते भएका छन् भन्ने यकिन नभइसकेको प्रहरीले जनाएको छ।

आगलागी नियन्त्रणमा लिन काठमाडौं, ललितपुर र भक्तपुरको दमकल प्रयोग गरिएको प्रहरीले बताएको छ। घटनाको पूर्ण विवरण आउन बाँकी रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय