पानीमा डुबेर झापामा एक बालकको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा झापा गाउँपालिका- ३ निवासी देवान टुडुका १४ वर्षीय छोरा विजय टुडु रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार कामाटोली बजारबाट आइतबार बिहानदेखि हराएका बालक विजय सोमबार बिहान ७ : ४० बजे झापा- ३ स्थित गैरीगाउँ झाटी खाडीमा डुबेको अवस्थामा मृ’त फेला परेको हो । मृ’तक बालक विजय बोल्न नसक्ने र सुस्तमनस्थितीका थिए । प्रहरीले शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि अस्पताल पठाएको छ ।

यो पनि: कैलाली बाढी- सडकमा बसेका गर्भवती र सुत्केरी समस्यामा, टीकापुर – कैलालीमा बाढीपछि सयौँ परिवार थाकथलोबाट विस्थापित भएका छन्। ती परिवार सडक, उच्च घर तथा विद्यालयमा आश्रय लिएर बसिरहेका छन्।

यसरी आश्रय लिएर बसिरहेका मध्ये गर्भवती तथा सुत्केरीलाई समस्या भइरहेको छ। जिल्लाको भजनीस्थित हुलाकी सडकमा दुई वर्ष मुनीका बालबालिका पनि छन्। सडकमा बसेका उनीहरु राम्ररी सुत्नसमेत पाएका छैनन्। बालबालिका र आमाहरुलाई थप समस्या भएको छ।

भजनीकी मनिषा धमालाको बच्चा अहिले सात महिनाको छ। उनको घर बाढीले डुबेपछि उहाँ बच्चा बोकेर ज्यान जोगाउन हुलाकी सडकमा आए। बाढीले घर डुब्न थालेपछि एकसरो लुगामा बच्चा बोकेर भागेकी उहाँलाई सडकमा बच्चा स्याहार्न समस्या भएको छ।

‘आफ्नो दूधसँगै घरमा पटकपटक जाउलो, लिटो र थप खानेकुरा खुवाउँथे, यहाँ त आफैँ भोकै छु’, उनले भनिन्, ‘पेटभरि पानी खान पनि पाइएको छैन। गर्मी तथा वातावरण नमिलेर बच्चाले रोएर सताएको छ।’

दीपा सुनार र उनको एक वर्षको बच्चाको पनि दुई दिनदेखि सडकमै बास छ। ‘घरमा थप खानेकुरा खान्थ्यो, यहाँ त केही पाएको छैन, बच्चा रातभर रोएको छ’, उनले भनिन्, ‘यहाँ सडकमा आमाले त खान पाएका छैनौँ, बच्चाको बारेमा कसले सोँच्छ।

बच्चालाई तयारी लिटो कसैले सहयोग गरेको भए पनि हुन्थ्यो।’ अञ्जली विक बाढी घरमा पसेपछि भिज्दै सडकसम्म आइन्। भिज्दै आएकाले होला उनको नौ महिनाको बच्चा बिरामी भइसकेको छ। उनको बच्चालाई रुघाखोकी सुरु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय