रोमान्टिक मुडमा आचल जोडी ( हेर्नुहोस् तस्बिर सहित )

काठमाडौं- ०२ अशोज । नेपाली रजतपटका चर्चित नायिका आँचल शर्मा र उनका पत्नी डा. उदीप श्रेष्ठले सामाजिक सञ्जाल इन्स्टाग्राममा रोमान्टिक मुडमा कैद गरिएका तस्बिरहरू सार्वजनिक गरेका छन् ।गत फागुनमा वैवाहिक बन्धनमा बाधिएका आदीप जोडीको तत्कालीन समयमा खुबै चर्चा चलेको थियो ।

कोरोना भाइरसका कारण लामो समय बन्दा बन्दीमा रहेका नायिका शर्मा फिल्डमा देखिन थालेका छन् भने, डा. उदीप पनि निरन्तर आफ्नो काममा व्यस्त देखिन्छ ।व्यस्तताको बाबजुद पनि यी जोडीले बेलाबेला सञ्जालमा हरेक गतिविधिको तस्बिरहरू साझेदार गरिरहेका हुन्छन् ।

आँचल शर्मा एक नेपाली अभिनेत्री र मोडल हुन् । उनले आफ्नो अभिनय यात्राको आरम्भ नेपाली चलचित्र नाई नभन्नु ल ४बाट गरेकी हुन्। पहिलो चलचित्रको सफलता पछि उनले शत्रु गते र जोनी जेन्टलम्यान नामक चलचित्रमा समेत भूमिका गरिन्। नेपाली चलचित्र उद्योगमा प्रवेश गर्नु अगावै उनी एक सौन्दर्य प्रतियोगिता जितेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय