घुम्दै फिर्दै बालेन शाहको डोजर फेरी नयाँबानेश्वर नै पुगेपछि मच्चियो खैलाबैला

काठमाडौं । पछिल्ला दिनमा काठमाडौं महानगरपालिका मेयर बालेन शाहले नायक फिल्मको शैलीमा अनाधिकृत संरचना हटाउने अभियानलार्य तिब्रता दिएका छन् । जसअन्र्तगत शुक्रबार काठमाडौं महानगरपालिकाले नयाँबानेश्वर क्षेत्रका अनाधिकृत संरचना हटाउन डोजर चलाएको छ ।

सडक सीमा मिचेर बनेका ठूला ठूला महल र पसलहरु समेत हटाउन महानगरपालिकाले डोजर चलाएपछि अवैध संरचना निर्माण गर्ने ब्यक्तिहरुको भागाभागको अवस्था सिर्जना भएको छ ।

यसअघि भूमिगत पार्किङ र पफुटपाथ व्यापार हटाएको महानगरले काठमाडौँका अन्य स्थानका अनाधिकृत संरचनालाई हटाउने अभियानलाई निरन्तरता दिने बताएादै आएको छ । महनागरले बिहिबार जय नेपाल हलको पर्खाल खनेर टुकुचा खोलालाई समेत पत्ता लगाइसकेको अवस्था छ ।

यो पनि: डेंगु फैलिएपछि काठमाडौं महानगरले सुरु गर्‍यो हटलाइन सेवा, निशुल्क एम्बुलेन्स, काठमाडौं, ३१ भदौ – डेंगु फैलिएपछि काठमाडौं महानगरपालिकाले हटलाइन सेवा सुरु गरेको छ । महानगरका मेयर बालेन्द्र शाहका अनुसार डेंगु संक्रमितका लागि २४ घण्टे हटलाइन सुरु भएको. हो ।

डेंगु संक्रमित भए वा भएको शंका लागेमा ११८० मा फोन गरेर स्वास्थ्यकर्मीबाट नै परामर्श लिन सकिनेछ । आवश्यक परे १०२ मा फोन गरेरमहानगरको निःशुल्क एम्बुलेन्स सेवा लिन सकिनेछ । ‘डेंगु जसरी समुदायमा फैलाएको छ, त्यसको रोकथाम र नियन्त्रणका लागि अत्याधिक सचेतना र क्रियाशीलताको आवश्यकता भएको कुरा हामी सबैले अनुभव गरेको कुरा हो।

उनले भनेका छन्, ‘यसका लागि महानगर पहिलेदेखि नै महानगरस्तरमा सक्रिय रहेको जानकारी गराउँदछौँ ।’ भइरहेका कार्यक्रमहरुलाई थप विस्तार गर्दै नयाँ कार्यक्रमहरु पनि ल्याएर स्रोत तथा जनशक्तिको अधिकतम प्रयोग भइरहेको उनले बताएका छन् । बालेनले निकालेको बिज्ञप्ति तल पढ्नुहोस :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय