निर्देशक सुदर्शन थापाविरुद्ध प्रहरीमा उजुरी , लाग्यो यस्तो गम्भीर आरोप ?

निर्देशक सुदर्शन थापाविरुद्ध पत्रकार सुजन श्रेष्ठले जाहेरी दिएका छन् । निर्देशक थापाले आफूमाथि गाली बेइज्जती र धम्की दिएको भन्दै उनले प्रहरी वृत्त, गौशालामा उजुरी दिएको स्रोतले जनाएको छ । थापा निर्देशित फिल्म ‘सम्हालिन्छ कहिले मन’ले बक्स अफिसमा गरेको व्यापारको विषयमा श्रेष्ठले केही दिनअघि लेखेको समाचारलाई लिएर यी दुईबीच तनाव उत्पन्न भइरहेको थियो ।

गत भदौ २० गते थापाले समाचारको विषयलाई लिएर श्रेष्ठलाई कानको जाली फुटाइदिने भन्दै धम्की दिएको अडियो श्रेष्ठले सामाजिक सञ्जालमा सार्वजनिक समेत गरेका थिए । जाहेरीपछि शुक्रबार बिहान ११ बजे दुवै पक्षलाई छलफलका लागि प्रहरीले बोलाएको छ ।

यो पनि, कात्तिक १ गतेदेखि सेन्सरका लागि एक हप्ता अगावै सिफारिस लिनुपर्ने
नेपालमा विदेशी फिल्मको सेन्सर मनपरी रुपमा हुँदै आएको छ । विदेशी फिल्मका वितरकहरुले प्रदर्शनको केही घन्टा अगाडि मात्र सेन्सरका लागि सिफारिस लिने गरेका छन् । यसखालको प्रवृति रोक्न चलचित्र विकास बोर्डले स्वदेशी र विदेशी फिल्मको हकमा कात्तिक १ गतेदेखि एक हप्ता अगाडि नै सेन्सरका लागि दरखास्त दिनुपर्ने निर्णय गरेको छ । बोर्डले बिहीवार कान्तिपुर दैनिकमा एक सूचना प्रकाशित गर्दै यसबारेमा जानकारी गराएको हो ।

सूचनामा भनिएको छ, ‘चलचित्र जाँच सिफारिस प्रक्रियालाई थप व्यवस्थित, प्रभावकारी र सहज बनाउनका लागि कुनै पनि स्वदेशी तथा विदेशी चलचित्रको जाँचका लागि चलचित्र विकास बोर्डमा सिफारिस लिन दरखास्त दिँदा पेश गर्नुपर्ने कागजातको अध्ययन गर्नुपर्ने भएकाले कात्तिक १ गतेदेखि स्वदेशी तथा विदेशी चलचित्र जाँच सेन्सरका लागि सम्बन्धित चलचित्रका निर्माता तथा वितरकले सार्वजनिक प्रदर्शन हुने मितिभन्दा कम्तीमा ७ दिन अगावै दरखास्त पेश गर्नुपर्नेछ ।’

चलचित्र निर्माण, वितरण र प्रदर्शन सम्बन्धि नियमावली २०५७ को नियम १९ मा सूचना तथा सञ्चार मन्त्रालयले तोकेको समयमा मात्र स्वदेशी र विदेशी फिल्म प्रदर्शन गर्नुपर्ने व्यवस्था थियो । तर, अब यो अधिकार मन्त्रालयले बोर्डलाई सुम्पिएको पनि जारी सूचनामा उल्लेख छ । अब चलचित्र विकास बोर्डले नै स्वदेशी र विदेशी फिल्मको प्रदर्शन गर्ने समय तोक्न पाउनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय