काठमाडौं । सन्दिप लामिछाने आफू सिपिएल सकेर तत्काल नेपाल फर्किने, आफ्नो कुनै गल्ती नभएको र कानुनी लडाइ लड्ने बताइरहेका छन् । यता चर्चित गायक शिव परियारले लामिछानेमाथि गम्भीर आरोप लागेपछि र पछिल्लो समयका बलात्कारका घटनालाई लिएर आपत्तिजनक प्रतिक्रिया दिएका छन् ।

नेपाल सरकारलाई सम्बोधन गर्दै उनले बलात्कारलाई ‘व्यवसाय बनाउनेहरुको भण्डाफोर’ नगरिए नेपाल बलात्कारीहरुको देश हो’ भन्ने नजिर स्थापित हुने बताएका छन् । उनको यो प्रतिक्रिया आफैलाई गलपासो बन्ने देखिएको छ ।

उनले आफैले लेखेको स्टाटसले उनलाई नै धक्का दिने निश्चित छ । उनले बलात्कृत किशोरिलाई ‘पेशेवर’ भन्दै सञ्जालमा स्टाटस राखेपछि विवादमा तानिएका छन् ।

उनीमाथि चौतर्फी सामाजिक सञ्जालमा हमला भइरहेको छ । उनको अभिव्यक्तीका कारण महिला अधिकारकर्मीहरु मैदानमै उत्रिएर उनको चर्को र कडा शब्दमा आलोचना गरिरहेका छन् ।

उनले क्रिकेटर सन्दीप लामिछानेमाथि बलात्कारको जाहेरी परेपछि ओक्रोशित हुँदै फेसबुकमा स्टाटस लेखेका थिए। बलात्कारलाई व्यवसाय बनाउनेहरूको भण्डाफोर नगरे नेपाल बलात्कारीहरूको देश भन्ने नजिर स्थापित हुन सक्ने भन्दै परियारले स्टाटस पोस्ट गरेका थिए।

उनले सरकारलाई सम्बोधन गर्दै ‘यो पेशेवर पीडित भनाउँदाहरुलाई व्यवस्थित गरी कारवाही गर्ने कुनै कानूनको धारा होला नि ? कि नेपालको गरिमा विश्वमा राख्न सक्ने सबैलाई सिध्याउने खेल हुँदैछ यहाँ’ भनेर लेखेका छन्। उनले गिरोह नै लागेकाले तत्काल उपचार गर्न समेत आग्रह गरे।

बलात्कारलाई व्यवसाय बनाउनेहरूको समयमै उपचार नगरे नेपाल बलात्कारीहरूको देश नेपाल हो भन्ने नजिर स्थापित हुन बेर नलाग्ने भन्दै समयमै अनुसन्धान गर्न सम्बन्धित निकायलाई आग्रहसमेत गरेका छन्।

उनले स्टाटस राखेपछि धेरैले विरोध गर्न सुरु गरेका छन्। अहिले उनले लेखेको स्टाटसको स्क्रिन सर्ट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। कतिपयले शिवलाई बहिष्कार गर्नुपर्ने भन्दै स्टाटस पनि लेखेका छन् ।

बलात्कारजस्तो गम्भीर विषयलाई सामान्यीकरण गर्न नहुने धेरैको मत छ । गायक परियार राजनीति र सामाजिक विषयवस्तुमा टिप्पणी व्यक्त गर्ने कलाकारमा पर्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय