प्रेमीले ‘फेसबुकमा ब्लक’ गरे अनि कक्षा ८ की फस्ट गल्र्स आस्थाले हाम फालिन !

कैलालीको धनगढी उपमहानगरपालिका–१३ बोराडाडीस्थित त्रिभुवन माध्यमिक विद्यालयको अग्रेजी माध्यमको कक्षा ८ को फस्ट गल्र्स हुन्, आस्था शर्मा । धनगढी उपमहानगरपालिका–१३ की १५ आस्था विद्यालयकी प्रतिभावाल छात्रा हुन् ।

१९ भदौंमा विद्यालयमा पढिरहेको बेलामा ठुलो पानी प¥यो । एक किलोमिटर टाढा रहेको घर पुग्दा किताब, कापी भिज्ने डरले झोला साथीलाई दिएर आस्था घर लागिन् ।२० भदौं विहान ८ बजे आस्था घरबाट निस्कीईन् । झोला साथीको घरमा भएकाले उतै बसेर होमवर्क गर्नुछ भनेर चाँडै निस्किएकी आस्था अटो चढेर गएकी थिइन् ।

साँझ सबै घर फर्किदा आस्था आइनपुगेपछि सोधखोज गर्दा उनी न त साथीको घरमा पुगेकी रहेछिन, न त विद्यालय नै । प्रहरीलाई खबर गरियो । घरपरिवार, विद्यालय परिवार र साथीभाई चिन्तामा डुबे ।त्यहि साँझबाट प्रहरी, स्थानीय, विद्यालय समेत मिलेर आस्थाको खोज तलास सुरु भयो ।

प्रहरीले उनीसंग नजिक भएका साथीभाई सोधखोज गर्न थाल्यो ।प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा आस्था एक किशोरको प्रेममा भएको खुलेको छ । मुस्लिम समुदायका ती किशोरसँग आस्थाको दैनिकजसो कुरा हुने गरेको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले जनाए ।

‘पछिल्लो पटक आस्थाले ती किशोरलाई प्रेम प्रस्ताव राखेकि थिईन,’ प्रहरी अधिकृतले भने–ती किशोरले आस्थाको उमेर सानै भएका कारण अहिले नै प्रेम सम्बन्धमा बस्न नहुने भन्दै उनलाई सम्झाएका थिए ।’आस्थाले जिद्दि गर्न थालेपछि ती किशोरले आस्थालाई फेसबुकमा ब्लक गरे ।

तर, मायामा पागल भएकी आस्थाले भने त्यो सहन सकिनन् । र, सोमबार बिहान ती किशोरलाई भेटर आफूलाई किन ब्लक गरेको भनेर सोधेको पनि प्रहरीको अनुसन्धानबाट खुलेको छ ।विद्यालय नगई आस्था ती किशोरसंग भेट्ने योजनाले धनगढीको फाप्ला पुगिन् । उनले ती किशोरलाई त्यहाँ भेट्न बोलाईन् ।

‘साँझ भेट्न नआए मेरो मुख हेर्न पाउँदैनौं’ भनेर उनले आफ्नो बहिनीलाई भनेको कैलाली प्रहरीले जनाएको छ ।एकोहोरो मायामा परेकी आस्थाको प्रेम प्रस्ताव अस्वीकार गरेर र फेसबुकमासमेत ब्लक गरेका कारण उनले मोहनामा हामफालेको हुनसक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय