नाबालिग बला’त्कार अभियोग लागेका नेपाली क्रिकेटका निलम्बित कप्तान सन्दीप लामिछानेले आफू निर्दाेष दाबी गरेका छन्।

शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत उनले आफू निर्दाेष रहेको र कानुनमा विश्वास राख्ने बताएका हुन्। उनले बिदा लिएर नेपाल फर्केन पनि बताएका छन्। ‘म निर्दाेष छु, नेपालको सम्मानजनक कानुनमा पूर्ण विश्वास राख्छु’, उनले लेखेका छन्, ‘म सीपीएलबाट बिदा लिएर केही दिनभित्र नेपाल फर्किन्छु।’

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका कप्तान लामिछानेलाई निलम्बन गरिसकेको छ । बिहीबार जिल्ला अदालत काठमाडौंले सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि क्यानले यस्तो निणर्य गरेको हो ।

कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लका अनुसार बिहीबार बसेको क्यानको कार्यसम्पादन समितिको बैठकले सन्दीपलाई राष्ट्रिय टिमबाट निलम्बन गर्ने निर्णय गरेको हो । अदालतले पक्राउ पुर्जी जारी गरिसकेका कारण उनलाई निलम्बन गरेको मल्लले बताए ।

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि नाबालिगलाई ब’लात्कार गरेको आरोप लागेपछि खेल क्षेत्र तरंगित बनेको छ ।

प्रहरीमा परेको जाहेरीअनुसार सन्दीपले नाबालिगलाई भक्तपुरको नगरकोटामा दिनभर घुमाएर राति काठमाडौंमा ल्याई ब’लात्कार गरेको आरोप लागेको छ ।

भदौ ५ मा लामिछानेले आफूलाई नगरकोटमा घुमाएको र काठमाडौंमा ल्याएर पटक पटक ब’लात्कार गरेको नाबालिगले प्रहरी वृत्त गौशालामा दिएको जाहेरीमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय