मुख्यमन्त्री पाण्डेपनि बालेनको फन्दामा, गल्ति गर्ने ठुला-बढा जो सुकै होस् कसैलाई छोड्दापनि नछोड्ने चिन्दापनि बालेनको घोषणा !
मुख्यमन्त्री पाण्डेपनि बालेनको फन्दामा, गल्ति गर्ने ठुला-बढा जो सुकै होस् कसैलाई छोड्दापनि नछोड्ने चिन्दापनि बालेनको घोषणा !

काठमाडौँ । फिल्मी शैलीमा आफ्नो कामलाई अगाडी बढाएका काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) झन् झन् कडा बनेका छन् । अवैध संरचना भत्काउने अभियान नसकिदै एक पछि अर्को कामलाई अगाडी सारिरहेका छन् ।

यस्तै, मेयर बालेनले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेसहितको शेयर रहेको मनमोहन अस्पताललाई सम्पत्ति कर तिर्न १० दिनको अल्टिमेटम दिएका छन् ।मेयर बालेनको निर्देशनमा काठमाडौं महानगरपालिका राजश्व विभागका प्रमुख शिवराज अधिकारीले मनमोहन अस्पतालसहित १७ संस्थालाई १० दिनभित्र सम्पत्ति कर बुझाउन पत्र काटेका हुन् ।

मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पतालमा मुख्यमन्त्री पाण्डे, डा. बंशिधर मिश्र, पूर्व समाजिक विकास राज्यमन्त्री डा. रामकुमार अधिकारीसहितको शेयर रहेको छ ।मनमोहन, सिविक हस्पिटल, काठमाडौं डेण्टल कलेज सामाखुसीसहित कर नबुझाएका १७ विभिन्न कम्पनी तथा संस्थानहरूलाई काठमाडौं महानगरपालिकाले कर बुझाउन १० दिने अल्टिमेटम दिएको हो ।

खाद्य संस्थान, नेसनल ट्रेडिङ कर्पोरेसन, विद्युत् प्राधिकरण, कर्मचारी सञ्चयकोष, कृषि सामग्री संस्थान, ह्वाइट फिल स्कुल, आर.बी. कम्प्लेक्स, रञ्जना ट्रेड सेन्टर, राष्ट्रिय नाचघर, चम्बर अफ कर्मस, काठमाडौं प्लाजा, नेपाल शेयर मार्केट, जामे मस्जिद र साझा भण्डारलाई पनि १० दिनभित्र सम्पत्ति कर बुझाउन महानगरले अल्टिमेटम दिएको छ ।

‘महानगरपालिकाबाट सम्पत्ति कर बुझाउन पटकपटक ताकेता हुँदै आएकोमा हालसम्म पनि नबुजाएको हुँदा विवरणसहित यस पत्र प्राप्त भएको मितिले १० दिनभित्र सम्बन्धित वडा कार्यालयमा गई नियमानुसारको सम्पत्ति कर र सो को जरिवानासहित बुझाउनु अनुरोध छ,’ महानगरको विज्ञप्तिमा उल्लेख भनिएको छ ।

अन्यथा महानगरपालिकाको राजस्व ऐन, २०७५ कारबही गरी बाँकी कर रकम सरकारी बाँकी सरह असूल उपर गरिने पनि महानगरले ती अस्पताल सहितका कम्पनी/संस्थाहरुलाई चेतावनी दिएको छ ।वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले नेकपा एमाले स्थानीय तहको निर्वाचनपछि शिला खोज्नुपर्नेजस्तो अवस्थामा पुगिसकेको दाबी गरेका छन् ।

युवा संघ नेपालको महाकाली–मेची यात्रालाई मंगलबार हेटौंडामा स्वागत गर्दै मुख्यमन्त्री पाण्डेले स्थानीय तहको निर्वाचनमा महानगरपालिका, उपमहानगरमा एमाले पराजित भएको स्मरण गराउँदै यस्तो बताएका हुन् । ‘महानगर र उपमहानगरमा एमाले शिला खोज्नुपर्ने अवस्थामा पुगेको छ । कहीँ पनि विजयी भएको छैन’, उनले भने ।

आगामी प्रदेश र संघको निर्वाचनमा सत्तारुढ गठबन्धनबीच इमानदारिता कायम हुन जरुरी रहेको उनले औंल्याए । ‘कांग्रेस, माओवादी, जनमोर्चा, जसपा र हाम्रो पार्टी गठबन्धन गरेर निर्वाचनमा उम्मेदवारी दिँदैछौं । यस्तो अवस्थामा हामी एक ढिक्का भएर इमानदार हुन जरुरी छ’, नेकपा (एस)का उपाध्यक्ष समेत रहेका पाण्डेले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय