काठमाडौं— बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने पीडित बालिकासहित ५ भदौमा राति अबेर होटल काठमाडौं इनमा पुगेको पाईएको छ ।

मंगलबार सन्दीपविरुद्ध बलात्कारको उजुरी परेपछि अनुसन्धान सुरु गरेको प्रहरीले सन्दीप उक्त होटलमा पुगेको पाईएको हो । होटल पुग्दा सेतो क्याप, सेतै जुत्ता र निलो टिशर्ट लगाएको सीसीटीभी फूटेजमा देखिएको छ ।

पीडित बालिका भने सेतो ज्याकेट, पहेँलो टिसर्ट र कालो जिन्स लगाएको देखिएको अनुसन्धानमा संलग्न प्रहरी स्रोतले जनाएको छ।

ती प्रहरीका अनुसार सन्दीप र पीडित युवती उक्त होटलमा ५ भदौमा राती ११ बजेर ४५ मिनेट जाँदा पुगेको र करीब ७ घण्टा बसेर भदौ ६ गते बिहान ६ः४६ मिनेटमा होटलबाट बाहिरिएको देखिएको छ ।

प्रहरीले पीडितले बयानमा उल्लेख गरेको नगरकोटको रिसोर्टमा रहेको सीसीटीभी फूटेज पनि अनुसन्धान गरिरहेको छ । प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी लिने तयारी गरिरहेको जनाएको छ ।

जाहेरीमा १७ वर्षीया बालिकालाई लामिछानेले सिनामंगलस्थित होटल काठमाडौं इनको कोठा नम्बर ३०५ मा लगी रातभर पटक–पटक जबरजस्ती करणी गरेको उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय