काठमाडौं । पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन साह चर्चामा शिखरमा छन् । ब्याक टु ब्याक एक्सनमा उत्रिरहेका बालेनको चर्चा महानगरभित्रका अवैध संरचनामा धमाधम डोजर चलाउन थालेपछि थप चुलिएको हो ।

डोजर चलाउने क्रममा बालेनले दिएको अभिव्यक्तीले सर्वोच्च अदालतको अवहेलना गरेको भन्दै उनीविरुद्ध मुद्धा समेत परेको थियो र सो मुद्धामा बालेनसँग सर्वोच्चले ७ दिनभित्र लिखित जवाफ पठाउन भनेको थियो ।

यही क्रममा बालेनले सर्वोच्चलाई बालेनले लिखित जवाफ पठाएका छन् । उनले सर्वोच्चलाई पठाएको जवाफ छिनभरमै सामाजिक सञ्जालमा व्यापक सेयर भइरहेको छ र उनको जवाफको खुलेर प्रशंसा समेत भइरहेको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अदालतको अवहेलना गरेको निवेदनमा सर्वोच्च अदालतलाई लिखित जवाफ बुझाएका छन्। उनले आफ्ना कानुनी अधिकारीमार्फत् मंगलबार लिखित जवाफ बुझाएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले बताए।

अधिवक्ता दीपकराज जोसीले उनीविरूद्ध दिएको अदालतको अवहेलना निवेदनमाथि सर्वोच्चले लिखित जवाफ बुझाउन भनेको थियो। मंगलबार मेयर बालेनले बुझाएको लिखित जवाफमा आफूबाट अभिव्यक्त भएको शब्द भाषा र मनसायबाट अदालतको अवहेलना हुन नसक्ने उल्लेख छ।

‘मबाट अभिव्यक्त भएको शब्द, भाषा र मनसाय समेतबाट सम्मानित अदालतको अवहेलना हुन सक्दैन र अपहेलना वा अविश्वास पैदा गर्ने मनसायले नै अभिव्यक्त भएको पनि होइन। सम्मानित अदालतप्रति मेरो आस्था विश्वास र अपेक्षा सदैव सम्मानित रहिरहेको कुरा दृढ विश्वाससाथ निवेदन गर्छु,’ मेयर बालेनको लिखित जवाफमा भनिएको छ। मेयर बालेनले संविधान प्रदत्त मौलिक हक अभिव्यक्तिको स्वतन्त्रता प्रयोग गर्दै कुनै निकायका कामकारबाहीबारे बोल्नु अवहेलना नभएको जिकिर गरेका छन्।

‘उक्त मौलिक हकको अभ्यास गर्दा अदालतकोअवहेलना हुन्छ भनी अर्थ गर्नु संविधान सम्मत हुँदैन। राज्यका कुनै पनि अंग वा निकायले सम्पादन गरेको काम कारबाहीका सम्बन्धमा विचार प्रकट गरेकोमा त्यसको गलत अर्थ गरी नागरिकमा दण्डको भय उत्पन्न गर्न खोज्नु लोकतान्त्रिक मूल्य पद्धतिविपरीत हुन्छ,’ शाहको लिखित जवाफमा भनिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय