२०४७ सालको संविधान राष्ट्रिय अभियानले नागरिकता विधेयक प्रमाणिकरण नगर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेको छ । विधेयकको विरोधमा अभियानले भोलि राष्ट्रपति कार्यालयअघि धर्ना दिने पनि घोषणा गरेको छ ।

अभियानले राष्ट्रपति विद्यादेवी भण्डारीले सदनमा फिर्ता पठाएको नागरिकताविधेयक असंवैधानिक, राष्ट्रघाती भएको भन्दै सदनले प्रमाणीकरणका लागि पठाए पनि अस्विकार गर्नुपर्ने माग गरेको छ । शनिबरा रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर अभियानले २०४७ सालको संविधान कार्यान्वयन गर्नुपर्ने र २०७२ को

संविधान खारेजी गर्नुपर्ने पनि माग राखेको छ । २०४७ सालको संविधान अभियानका संयोजक तथा राष्ट्रवादी नेता किशोरी महतोले अहिले आएको नागरिकता विधेयक देश र जनताको हितमा नभएको जिकिर गरे ।

उनले यसरी नागरिकता विधेयकमा खुकुलो प्रावधानराखिँदा तराईमा वास्तविक रैथाने नेपालीहरू अल्पमतमा पर्ने र विस्थापित हुने खतरा रहेको औंल्याए । उनले नागरिकता विधेयक देशका लागि काम लाग्ने नभएको जिकिर गरे । उनले भने,‘राष्ट्रपतिले पनि फिर्ता गर्नुभएको थियो, अहिले पनि उनले फिर्ता गर्नुपर्छ । अब देश र

जनताले यो विधेयकलागु हुँदैन । उनले आफूहरू नागरिकता दिने कुराको विरोधी नभएको जिकिर गरे । तर, नागरिकता दिइँदा बास्तविक नेपालीलाई दिइनुपर्ने आयातितलाई दिइन् नहुने उनको भनाई छ ।२०४७ सालको संविधान राष्ट्रिय अभियानका वरिष्ठ नेता हरिबोल भट्टराईले पनि नागरिकता विधेयकप्रमाणीकरण नगर्न राष्ट्रपतिलाई आग्रह गरेका छन् ।

उनले नेपाल स्वाधीन र स्वतन्त्र राष्ट्र भएको उल्लेख गर्दै अब गम्भीर नहुने हो भने यो कुरा भनाइमा मात्रै सीमित हुने खतरा औंल्याए । उनले भने, राष्ट्रियता नगुमोस् भनेर बीपीले २०३३ सालमा राष्ट्रिय मेलमिलाप नीति लिएरआउनुभयो ।

बीपीबाहेक अहिलेसम्म प्रधानमन्त्री भएकाहरू देश बेचुवाहरू, मात्रै जन्मिए । जनताले यी कपुतलाई शासन सुम्पिन पर्‍यो । अहिलेका नेताले सत्ता प्राप्तिको खेलामा जनता झुक्याउने काम गरेका छन् । अब जनताले राष्ट्रवादीलाई मात्रै जिताउनुपर्छ ।

उनले २०४७ को संविधानले कसैलाई बहिष्कार नगरेको पनि स्मरण गराए । उनले भने,‘०४७ को संविधान प्रजातन्त्र राम्रोसँग चल्ने हिसाबले बनाईएको थियो । नेपालीको संविधान हो, त्यसलाई आवश्यक परिमार्जन गरेर अघि बढ्नुपर्छ । अहिलेको नागरिकता विधेयककोप्रमाणीकरण नगर्न म राष्ट्रपतिसमक्ष आग्रह गर्छु ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय