सर्लाही— नक्कली नोट बनाउने कागजको बण्डलसहित एक जना युवक पक्राउ परेका छन् ।

नुवाकोट जिल्लाको ककनी गा.वि.स. ५ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका-२६ बस्ने ३२ वर्षीय हिरामान लामा पक्राउ परेका  हुन् ।

सशस्त्र प्रहरी बल नेपाल बिओपी बहादुरपुरले ६९ वटा बण्डलमा रहेको ६ हजार ९ सय वटा नक्कली नोट बनाउने सादा कागजसहित उनलाई सर्लाही जिल्लाको गोडैता नगरपालिका ३ सिमरा भगवतीपुरबाट शुक्रबार राति नियन्त्रणमा लिएको हो ।

उनको साथमा १७ हजार तथा कार्टुनभित्र ४० हजार नेपाली रुपैयाँ समेत सशस्त्र प्रहरीले फेला पारेको थियो ।

उनलाई बरामद रुपैयाँ र कागजसहित आवश्यक कारबाहीको लागि आज इलाका प्रहरी कार्यालय गडहियामा बुझाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय