काठमाडौँ । धरानवासीलाई श्रमदानमा उतारेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ अहिले चर्चाका केन्द्र बनिरहेका छन् । उनको यस कदमले देश दुनियाबाट समर्थन आईहरको छ । मेयर हुन त हर्क साम्पाङ जस्तो भनेर उनको प्रशंसा हुने गरेको छ ।

मेयर साम्पाङको जनप्रिय कामबाट अर्को साम्पाङको खोजी हुन थालेको छ । यसैबीच, शेर बहादुर देउवा सरकारका एक मन्त्री दोस्रो हर्क साम्पाङ बनेर निस्किएका छन् ।

उनको कदमको अहिले खुलेर प्रशंसा भइरहेको छ । संसंस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री जीवनराम श्रेष्ठले हनुमानढोका दरबार स्क्वायरबाट पर्यटकीय स्थलको सरसफाइका लागि हर्क साम्पाङ शैलीमा फिल्डमा उत्रिएका हुन् ।

सरकारले पर्यटकीय क्षेत्रमा सरसफाइ अभियान सुरु गरेको छ । सरसफाइ गर्न मन्त्री आफैले कुचोसहित फिल्डमा निस्किएका छन् । सँगै यस कदमको समर्थमा उपस्थित व्यक्तिहरूले पनि हनुमान ढोका दरबार स्क्वायरबाट पर्यटकीय स्थलको सरसफाइमा गर्न तम्तयार भई सहभागी भएका थिए ।

पर्यटनमन्त्री श्रेष्ठले नेपालको पर्यटन क्षेत्र पुनरुत्थान कार्य योजनामा महत्वपूर्ण पर्यटकीय स्थलमा राष्ट्रिय सरसफाइ अभियान सञ्चालन गर्ने कार्यक्रम समेटेको थियो । यस अभियानले संस्कृति, सम्पदाको संरक्षण र प्रवद्धनमा सघाउ पुर्‍याउने मन्त्री श्रेष्ठले बताए ।

शुक्रबारको अभियानमा सरकारी कर्मचारी, सम्पदा संरक्षण अभियन्ता, विद्यार्थी, सामाजिक संघसंस्थाका प्रतिनिधि, सुरक्षाकर्मी तथा स्थानीय सहभागी भए ।

त्यस्तै, काठमाडौं उपत्यकामा रात्रिकालीन सम्पदा-यात्रा सञ्चालन गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले योजना बनाएका छन्। काठमाडौं, भक्तपुर, ललितपुर र कीर्तिपुरका सम्पदा क्षेत्रमा रात्रिकालीन पदयात्रा सुरू गर्नेबारे मन्त्री श्रेष्ठले बुधबार सरोकारवालाहरूसँग छलफल गरेका हुन्।

रात्रिकालीन सम्पदायात्राले पर्यटकहरूको आगमन वृद्धि हुने र उपत्यकामा पर्यटकको बसाइ अवधि लम्बिने बताउँदै उनले कला, संस्कृति र सम्पदालाई बाह्य तथा आन्तरिक पर्यटकीय गन्तव्यका रूपमा अगाडि बढाउन तथा सम्पदाको जगेर्ना गर्न मद्दत पुग्ने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय