काठमाडौं । अवैध संरचना भत्काउने काममा मेयर बालेन शाहलाई विभिन्न व्यक्तिहरूले साथ दिइरहेका छन् । जुनसुकै दलबाट भए पनि प्राय: नेताहरूले शाहको कामको प्रशंसा गरेका हुन् ।

यसैबीच बिवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रविन्द्र मिश्र पनि बालेनको समर्थनमा आउनु भएको छ । शनिबार उहाँले एक स्टाटस राख्दै बालेनले गज्जबको काम गरिरहेको बताउनुभयो । मिश्रले लेख्नु भएको छ :

बालेन (Balen) जी,
जे गर्दै हुनुहुन्छ, गज्जब गर्दै हुनुहुन्छ। नियम-कानूनको चाहिँ अलि ख्याल गर्नुहोला। अन्यथा फेरि पछि अदालतले काम रोकिदिन्छ। तपाईंले चाहेर पनि काम गर्न पाउनु हुन्न।

पार्किङ्ग स्थलको गलत प्रयोगसँगै, सम्पदा/नदी/बाटो/फुटपाथ/सार्वजनिक जमिनको अतिक्रमण, मापदण्ड/नक्शा विपरितका/तोकिएभन्दा अग्ला घरहरू सबैमा डोजर लगाउनै पर्ने छ।

नियम-कानूनको पालना गरेर तपाईंको अधिकार क्षेत्रभित्र पर्ने कसैलाई नछोड्नु होला। मैले नियम-कानूनमा किन जोड दिएको भने, हत्याराले हत्या गर्यो भनेर राज्यले हत्याराको हत्या गर्न मिल्दैन। चोरले चोर्यो भनेर राज्यले पनि चोर बाटो लिन मिल्दैन।

तपाईं राज्य हो। नियम-कानून तोड्नेहरू व्यक्ति हुन्। राज्यले नियम-कानूनको पालना नगर्दा नै आज देशको हविगत यस्तो भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय