काठमाडौं, काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन) दरबारमार्ग पुगेका छन् । महानगरपालिकाले बुधबार बिहानैबाट महानगरपालिका भित्रका मुख्य व्यापारिक क्षेत्रमा नक्सापासविना बनाइएका संरचनामा डोजर लगाइरहेको छ । सोही क्रममा मेयर बालेन दरबारमार्ग पुगेका हुन् ।

दरबारमार्ग क्षेत्रमा सडकमै दुई लाइनसम्म पार्किङ गरिंदा सडकमा बाक्लो जाम हुने गरेको छ । महागरपालिकाले यसअघि बिहान काठमाडौं मल अगाडिको संरचनामा डोजर लगाएको थियो ।

त्यसपछि खिचापोखरी र रञ्जना गल्लीका व्यापारिक मलमा महानगरपालिकाले डोजर लगाएको थियो । त्यस लगत्तै महानगरले दरबारमार्गमा लन्डन पब र मात्सुरी टोक्यो क्याफेको सामान हटाउन थालेको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सबै खाले अवैध संरचना हटाएरै छाड्ने बताएका छन् । बुधबार काठमाडौंको न्यूरोड क्षेत्रमा अवैध संरचना हटाउन आफैं फिल्डमा पुगेका उनले अवैध संरचना बनाउने साना ठूला कसैलाई पनि नछाड्ने बताए ।

‘काठमाडौं जिल्ला अदालतको समेत खाली गराइँदै छ,’ अवैध संरचनामा डोजर नचलाउन अनुरोध गर्दै आएकाहरुलाई उनले भने, ‘अवैध संरचना जसले बनाएको भए पनि त्यो कानुनको दायरामा ल्याइन्छ ।’

बबरमहलमा अत्याधुनिक शैलीमा बनाइएको अदालतको अन्डरग्राउन्ड पार्किङको प्रयोगमा छैन । जसका कारण व्यस्त सडकको फुटपाथमै सेवाग्राहीले सवारी साधन पार्किङ गरिरहेका छन् ।

जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले अदालतको भुइँ तल्लामा दसीका रुपमा आएका सवारी साधनहरु रहेको बताए ।

‘अदालतमा दसीका रुपमा आएका सामानले पार्किङ भरिएको छ,’ उनले थपे, ‘महानगरबाट यसबारे जानकारी माग भएको छ । दुई जना कर्मचारी पनि आउनु भएको थियो ।

दरबारमार्गमा पुगेका मेयर बालेनले बुधबार र बिहीबारसम्म सामान हटाउन व्यापारीहरुलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय