काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयरले फोहोर व्यवस्थापनलाई चासो बढाइरहेका छन् । यसै सन्दर्भमा मेयर बालेनले अर्को बोल्ड कदमलाई अगाडी सारेका छन् ।

मेयर बालेनले जथाभाबी सडकमा फोहोर फाल्नेलाई सिसिटिभी हेरेर कारबाही गर्ने बताएको छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान गोष्ठीलाई सम्बोधन गर्दै मेयर शाहले पछिल्लो समय काठमाडौँ उपत्यकाको फोहोर मैला व्यवस्थापनमा समस्या भएको भन्दै जथाभाबी फोहोर फाल्नेलाई सिसिटिभी हेरेर कारबाही गर्ने बताए ।

‘फोहोर मैला व्यवस्थापन गाह्रो भएको छ। हामी प्रहरीसँग सहकार्य गरेर सिसिटिभी फुटेजका आधारमा राति राति फोहोर फाल्नेलाई कारबाहीको दायरामा ल्याउँछौ’, मेयर शाहले भने,‘लगभग आजसम्ममा काठमाडौँको सबै फोहोर उठिसक्छ। अब सबै सफा भएपछि बाटोमा फोहोर फाल्ने को रहेछन् । पत्ता लगाएर कारबाही गर्छौ।’

उनले बाटोमा फोहोर फाल्नु पनि अपराध भएको बताएका छन्। ‘मेरो घर गन्हाई रहेको थियो त्यसैले बाटोमा फोहोर फालेँ भन्नेका लागि यो अपराध हो कि होइन भन्ने बुझाउनुपर्नेछ।’

यसपालिको बजेट सिसिटिभी जडानका लागि पनि छुट्याएको जानकारी दिँदै प्रहरीलाई आवश्यक सबै सहयोग गर्न महानगर तयार रहेको जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय