काठमाडौं | वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

मोरङको विराटनगर महानगरपालिका-१६ स्थायी घर भई हाल काठमाडौं-१० बानेश्वर बस्‍ने २६ वर्षीय युवक उत्सव दाहाललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिनामंगलबाट पक्राउ गरेको हो । उनले पीडितहरुलाई क्रोएसिया पठाइदिन्छ भनी ६ लाख २४ हजार ठगी गरेको प्रहरीको दाबी छ ।

पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका-१६ स्थायी घर भई हाल काठमाडौं-१० बानेश्वर बस्‍ने २६ वर्षीय युवक उत्सव दाहाल रहेका छन् ।

उन उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगारी विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय