काठमाडौं :

काभ्रेमा गाडीको सिसा फुटाउने एक जनालाई स्थानीय चालकहरुले कुटपिट गरेका छन् । कुटाइ खानेमा जुम्लाको तिलागुफा–३ बस्ने २४ वर्षीय पल राउत रहेका छन् ।

आज बिहान बनेपास्थित चार दोबाटो चोकमा बन्दकर्ता भेला भएका थिए । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिन थालेपछि राउत भागेर पनौती जाने बाटोतर्फ गएका थिए । त्यही बेला उनले एउटा गाडीमा ढुंगा हानेपछि चालकहरुले उनलाई नियन्त्रणमा लिएर कुटपिट गरेर प्रहरीलाई जिम्मा लगाएका थिए ।

अहिले ८ जना बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएका लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय