कमेडियन कपिल शर्मा सधैं चर्चाको शि`खरमा हुन्छन्। ुद कपिल शर्माु शोमार्फत् जसरी उनले सेलिब्रेटीहरुको मजा`क उडाउँछन्। रियल जीन्दगीमा फ्यानहरुले कपिल`को पनि मजाक उडाइ`रहेका हुन्छन्। चाहे त्यो ट्वीटरमा गरिने बहसका कारण होस् या सन्तान जन्माउने कुरालाई लिएर नै किन नहोस्।

आइत`बार पोस्ट् गरिएको एउटा भिडि`यो कारण पनि उनी चर्चामा छन्। दुबईमा बनाइएको उक्त भिडियोमा कपिललाई उनकै कोस्टारले ुथप्पडु लगाउँछिन्। घरमा श्रीमती हुँदा`हुँदै परस्त्रीसँग लाग्दा यस्तै परिणाम आउनसक्ने उनको भि`डियोले सन्देश दिन्छ।इनस्टा|ग्राममा अपलोड गरिएको भिडियो हेर्नुस्

यो पनि पढ्नुहोस् -रुकुमपूर्वमा चुनावी माहोल बढ्दै-आसन्न स्थानीय तह निर्वाचनमा भाग लिने उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएसँगै जिल्लामा चुनावी माहोल बढ्दै गएको छ । जिल्लाको तीन गाउँपालिकामा ३८४ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । भूमे गाउँपालिका–३ मा एक महिला सदस्य निर्विरोध निर्वाचित भइसक्नुभएको छ । पालिका र वडामा आवश्यक पद भने १६१ छ ।

निर्वाचन कार्यालयले निर्वाचनमा भाग लिने उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेका छन् । जिल्लामा साना–ठूला गरी नौवटा राजनीतिक दलले चुनावमा भाग लिएका छन् । उम्मेदवारको मनोनय दर्ता भएसँगै आ–आफ्ना पक्षमा मत माग्न नेता तथा कार्यकर्ता उत्साहपूर्वक घरदैलो कार्यक्रमलाई अघि बढाइरहेका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा ९एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, राप्रपा, नेपाल मजदुर किसान पार्टी, नेशनल मङ्गोल अगनाइजेशन र राष्ट्रिय जनमोर्चा पार्टीले साथै केही स्वतन्त्र व्यक्तिले निर्वाचनमा भाग लिएका निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन शान्तिपूर्ण तवरले सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्था पूरा भएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले जानकारी दिनुभयो । शान्तिपूर्ण र भयर`हित वातावरणमा निर्वाचन सम्पन्न गराउने साझा दायित्व भएकाले सबै क्षेत्रबाट सहयोग पाउनेमा आफूहरू आशावादी भएको सरकारी अधिका`रीले जनाएका छन् । निर्वा`चन लक्षित जिल्लाका विभिन्न ठाउँमा सुरक्षा निकाय खटि`ने क्रम जारी छ । जिल्लामा ३५ मतदानस्थल तथा ४९ वटा मतदान केन्द्र छन् ।

जिल्लामा राजनी`तिक दलहरूले चुनाव प्रचार`प्रसारलाई तीव्र पारेका छन् । चुनावमा भाग लिने ती दलहरूले पालिकादेखि वडास्तरसम्म प्रचार–प्रसार अभियानलाई तीव्र पारेका हुन् । माओ|वादीले तीनवटै पालिका तथा ३१ वटै वडामा चुनावी प्रचारलाई तीव्र पार्नुका साथै पालिका तथा वडास्तरबाट चुनावी प्रतिबद्धता`पत्र सार्वजनिक गरेर घरदैलो कार्यक्रममार्फत मत माग्न थालेको छ ।

यस्तै कांग्रे`सले पनि चुनावी अभि|यान सुरु गरेको छ । चुनावी घोषणापत्र निर्माणको काम अन्तिम चरणमा पुगेको कांग्रेस जिल्ला कार्यसमिति सदस्य एवं कार्यालय सचिव ली`लाराम बुढाले बताउनुभयो ।

एमालेले पनि घोषणा`पत्र सार्वजनिक गरेर चुनावी अभियानलाई तीव्र पारेको छ । यस्तै एकीकृत समाज`वादीले पनि भेट`घाट तथा घरदैलो अभियान सुरु गरेको छ । राप्रपाले पनि चुनावी प्रचारप्रसार तथा घरदैलो अभियान कार्यक्रम`लाई तीव्र पारेको छ । साथै जिल्लास्थित अन्य दल र स्वतन्त्रबाट उम्मेदवार बनेकाहरूले पनि चुनाव प्रचार`प्रसार तथा घरदैलो कार्यक्रम गर्दै हिँडेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय