काठमाडौं : फ्लाई दुबईको उडानबाट काठमाडौं आएका एक जना सुनसहित पक्राउ परेका छन्।

सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिकाका २४ वर्षीय सोमबहादुर विक भित्री वस्त्रमा लुकाएर ल्याएको सुनसहित पक्राउ परेका हुन्।

विमानस्थल प्रहरीले सुनको जलप लगाएको एक किलो कपडा बरामद गेर पनि गलाउँदा ४१८ ग्राम निस्किएको प्रहरीले जनाएको छ।

त्यस्तै सोही उडानबाट आएका रिवाज गजमेर पनि पक्राउ परेका छन्। एक किलो ७ सय ग्राम सुनको जलपसहितको कपडासहित उनी पक्राउ परेका हुन्। सुनलाई पग्लाउँदा ५५४ ग्राम सुन निस्किएको प्रहरीले जनाएको छ।

सोही घटनामा संलग्न रहेको भन्दै प्रहरीले सिन्धुलीका सागर न्यौपाने र धनबहादुर विकलाई समेत प्रहरीले पक्राउ गरेको छ।

त्यस्तै काठमाडौं महानगरपालिका-२६ कपुरधारास्थित सार्वजनिक यात्रु प्रतिक्षालयबाट दुर्लभ वन्यजन्तु सालकको खपेटा जस्तो देखिने वस्तु २ केजी सहित काठमाडौं महानगरपालिका-७ चावहिल बस्ने धादिङ धुनिवेशी नगरपालिका-९ घर भएका २३ वर्षीय विजय तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा दुर्लभ वन्यजन्तुको कारोवार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले तलासी गर्ने क्रममा उक्त परिमाणको खपेटा फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय