काठमाडौं – धरानका मेयर हर्क साम्पाङले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेटवार्ता गरेका छन् । भेटका क्रममा अध्यक्ष प्रचण्डले साम्पाङलाई स्वागत र सम्मान स्वरुप खादा समेत लगाइ दिए ।

धरानको खानेपानी समस्या समाधानका लागि संघीय सरकारसँग छलफल गर्न काठमाडौं आएका मेयर साम्पाङले मंगलवार (आज) अध्यक्ष प्रचण्डसँग उनकै निवास खुमलटारमा भेट गरेका हुन् ।

मेयर साम्पाङ र प्रचण्डबीच धरानका उपमेयर आईन्द्रविक्रम बेघाको संयोजनमा भेट भएको बताइएको छ । बेघा नेकपा माओवादी केन्द्रबाट उपमेयरमा निर्वाचित भएका थिए ।

भेटमा समसामयिक राजनीतिका साथै विकासका विभिन्न पक्षका बारेमा कुराकानी भएको बताइएको छ ।

यस्तै, देश बनाउने भन्दै ठुला ठुला भाषण दिँदै हिँडेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आज मुख भरिको जवाफ दिएका छन् ।

प्रचण्डका घरबेटी शारदा प्रसाद अधिकारीले ठेक्का लिएर ८ वर्ष देखि अलपत्र बनाएको ककनी जाने बाटोको दुरावस्था देखाउने छोटो भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्दै प्रचण्डको मुखै बन्द हुने गरी बालेनले सटाएर मारेका छन् ।

प्रचण्डले कुन नैतिकताले देश बनाउँछु भन्न सकेको भन्दै उनले खरो प्रश्न गरेका छन् । खासै यो तहको खरो आलोचना कम गर्ने गरेका बालेनले पहिलो पटक प्रचण्डसँग मुखको तितो नमज्जासँग पोखेका छन् । यस्ता ठेकेदारको घरमा बसेर प्रचण्डले देश बनाउँछु भन्ने ? भन्दै बालेन रिसाएका छन् ।

यो सडक निर्माणको जिम्मा शैलुङ कन्स्ट्रक्सनले पाएको छ । यो ठेकेदार कम्पनीका सञ्चालक शारदाप्रसाद अधिकारी हुन् । उनी हाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बस्दै आएको घरको घरबेटी समेत हुन् ।

बालेनले लेखेका छन्, ‘श्रीमान प्रचण्डज्यू ! उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो विगत ८ बर्ष देखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अङ्गरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर ।’

पछिल्लो समय सत्तारुढ ३ दलहरुका धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर-१ का प्रमुखहरुले बञ्चरेडाँडामा फोहर विसर्जन स्थायी रुपमा बन्द गर्न माग गर्दै विज्ञप्ति नै जारी गरेपछि बालेनले त्यसको विरोध गर्दै आएका छन्।

मंगलबार पनि काठमाडौं उपत्यकाको फोहोर बोकेर बञ्चरेडाँडामा गएको गाडीलाई स्थानीयले अवरोध गरेपछि प्रहरीले हवाई फायर र अश्रुग्याँस प्रहार गरेको छ ।

तनाव सिर्जना भएपछि नियन्त्रण गर्न प्रहरीले पाँच राउन्ड हवाई फायर र केही सेल अश्रुग्याँस प्रहार गरेको हो । फोहोर बोकेर गएको गाडीलाई स्थानीयले गुलेलीलगायतका साधनले हान्ने र अवरोध गरेपछि तनावको स्थिति सिर्जना भएको हो ।

प्रहरी परिसर टेकुका प्रवक्ता दिनेशराज मैनालीका अनुसार स्थानीयले गाडीलाई अवरोध गरेपछि प्रहरीले ५ राउन्ड हवाईफायर र केही सेल अश्रुग्याँस प्रहार गरेको हो ।

स्थानीयबासीले प्रहरीमाथि नै ढुंगामुढा प्रहार गरेपछि हवाईफायर गर्नुपरेको मैनालीले बताए। स्थानीयबासीले विभिन्न माग राखी फोहोर फाल्नलाई अवरोध गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय