काठमाण्डौँ, ३० साउन । अमेरिकी सेनाको जहाज सोमबारकाठमाण्डौँमा ओर्लिएको छ । सोमबार काठमाण्डौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा अमेरिकी वायु सेनाको विमान अवतरण भएको हो । अमेरिकी वायु सेनाको टोली युएस एअरफोर्सको सी १३० उडानमार्फत काठमाण्डु आइपुगेको जनाइएको छ ।

नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त रुपमा सञ्चालन गर्न लागिएको ब्यालेन्स नेल २२–५५३० तालिममा सहभागी हुन अमेरिकी वायु सेनाको टोली काठमाण्डौँ आइपुगेको हो । उक्त टोलीमा शिक्षार्थी छ जना र चालक दलका १० जना रहेका छन् ।

यो समाचार पनि पढ्नुहोस्
काठमाण्डाै – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउँदाे मङ्सिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा आफ्नो पार्टीलाई सबैभन्दा ठूलो पार्टी बनाउने काममा ध्यान दिन सिङ्गो पार्टी पङ्क्तिलाई आह्वान गर्नुभएको छ । उहाँले त्याे चुनावलाई सफलतापूर्वक सम्पन्न गर्न र नेपाली कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाउन पार्टीबाट निर्वाचित पालिकाका जनप्रतिनिधिको भूमिका महत्त्वपूर्ण हुने विश्वाससमेत व्यक्त गर्नुभयो ।

कांग्रेसबाट निर्वाचित पालिकाका जनप्रतिनिधिलाई प्रशिक्षण दिन ललितपुरको हेरिटेज गार्डेनमा आज सोमवारदेखि सुरु भएको कार्यक्रममा बोल्दै उहाँले आउँदाे चुनावमा पार्टीको पक्षमा जनताको समर्थन जुटाउने काममा लाग्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले सत्तारूढ गठबन्धन मिलेर चुनावमा गएकाले पालिका चुनावमा पार्टीले सफलता हात परेको स्पष्ट पार्दै प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा पनि सत्तारूढ गठबन्धनले मिलेर चुनाव लड्ने तयारी गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय