चलचित्र विकास बोर्डका अध्यक्ष अभिनेता भुवन केसीको नियुक्तिविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ। बोर्डको अध्यक्ष हुनका लागि उनको शैक्षिक योग्यता नपुग्ने भन्दै नरेश पौडेल लगायतले रिट दिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए।

पौडेलका अनुसार उक्त रिटको पेसी साउन ३० गतेलाई तोकिएको छ।साउन ९ गतेको मन्त्रिपरिषदले केसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो।

यौ’न दु’र्व्यवहारको आ’रोप लागेका केसीलाई विकास बोर्डको अध्यक्ष बनाएको भन्दै उनको नियुक्ति वि’वादित भएको थियो। दुई वर्षअघि अभिनेत्री साम्राज्य राज्यलक्ष्मी शाहले उनलाई यौ’न दु”र्व्यवहार गरेको आ’रोप लगाएकी थिइन्।

शाहले लगाएका आ’रोपले आफ्नो मानहानी भएको भन्दै केसीले १० करोड क्षतिपूर्ति माग जिल्ला अदालतमा मु’द्दा दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय