बिगत 9 महिना देखि आएका साथीहरु रहेछन 6 महिना आफ्नो कम्पनी मा काम लगाएर अर्को सप्लाई कम्पनि लाइ मान्छे देको रछ।

सप्लाई कम्पनीले यो गर्मिमा दिन रात 14 घण्टा काम लगाउदो रछ काम गर्न सक्दिनौ भने पछि कम्पनी बाट उठाएर हाम्रो केम्प नजिक दमाम रोडमा छोडेर अर्को कम्पनि को मान्छे लिन आउछ भनेर 2 दिन देखि अलपत्र बनाको छ।

ये मान्छे लाइ 5 दिन देखि खाना थिएन रे पैसा नी छैन भन्दै हुनुहुन्थ्यो मैले ऐले को लागि खाना खुवाएर सकेको केहि रकम पनि हात मा दिएको छु एदी तपाईहरु कसैले चिन्नु हुन्छ भने सम्पर्क गर्दिनु होला…

उहाँ हरु काम पाए काम गर्ने नभए नेपाल जाने भन्नु भको थियो उहाँहरु संग पासपोर्ट साथमै छ

उहाँ हरुलाई नेपाल कसरी पठाउन सकिन्छ
आदरणीय सुभचिन्तक हरु केहि जानकारी गरिदिनु हुन्त्यो की 🙏

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय