ख्यातिप्राप्त नायक निखिल उप्रेतीको जीवनपनी कुनै फिल्म भन्दा सहज छैन ।हालै श्रावणमा निखिलले आफ्नी श्रीमती कोपिलासंगको सम्बन्ध टुटाएका छन् ।व्यवाहरिक रुपमा गत १३ वर्ष देखि अलग रहेता पनि कानुनी रुपमा उनीहरुको डिभोर्स भर्खरै भएको हो ।

२० वर्ष पछि निखिल उप्रेतीले आफ्नी जेठी बुढीसंगको सम्बन्ध टुटाएका छन् ।उनले आफ्नो छोरा र पहिलो श्रीमतीसंग आफ्नो सम्बन्ध टुटाएर ४ करोड बराबरको सम्पत्ति दिएका छन् ।अहिले निखिलकी श्रीमती सन्चिता लुइँटेल रहेको हामी सबैलाई थाहा छदैछ ।

निखिललाई आफ्नो पारिवारिक पाटो सहज पार्दै गएतापनी उनको आर्थिक पाटो मिलाउन निकै गाह्रो हुने देखिएको छ ।भक्तपुरमा रहेको आफ्नो घर जेठी बुढीलाई सुम्पिएपछी उनको स्थिति झनै गाह्रो बन्दै गएको हो ।

निखिलले आफ्नो पारिवारिक र आर्थिक पाटोलाई पनि सहज गर्दै जाउन् उनलाई हामीसबैको शुभ कामना छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय