बेला बेलामा बिभिन्न कारणले चर्चा र विवादमा छाउने कार्कीको अभिनय र नृत्य समेत राम्रो मानिँदै आएको छ । ‘लुट’ फिल्मको आइटम नम्बरबाट दर्शकको मनमा डेरा जमाउन सफल उनी आफूलाई समाजसेवीको रुपमा समेत प्रस्तुत गर्दै आएकी छन् ।

अभिनेत्री सुष्मा कार्की गायिकाको रुपमा पनि प्रस्तुत भएकी छन् ।
गायिका सिने गुरुङको गीत ‘मन’ को कभर भर्सन उनले अहिले गाएकी छन् । गायनमा समेत रुचि भएको बताउँदै आएकी उनले सिने गुरुङको गीत निकै मिहिनेतका साथ गाएको बताइन् । उनले गीत गाउँदै गरेको भिडियो समेत बनाइएको छ । जसको भिडियो निमा शेर्पा र राजीव थापाले उतारेका हुन् ।

आफ्नो मन भुलाउन बेलाबेलामा गाउँदै आएको सुष्माले बताइन् । ‘म बेला बेलामा कभर भर्सन गाउँदै आएकी छु । यो गीत पनि मैले मन भुलाउन गाएकी हुँ’ सुष्माले भनिन् ‘एक हिन्दी सहित अझै केही गीत ल्याउँदैछु ।’

सुष्माको गायनलाई धेरैले सरकारात्मक प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय