एमालेलाई एक्लै तह लगाउने भन्दै झनै कडा बनेर निस्किए हर्क साम्पाङ, चाले अर्को कठोर कदम !

प्रकाशित मिति । २१ साउन, २०७९ ।

काठमाडौ । धरान उपमहानगरपालिकाको नगरप्रमुखको कार्यकक्षमा तोडफोड र गालीगलौजको विषयलाई लिएर नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले दुई जना विरुद्ध प्रहरीमा जाहेरी दिएका छन् ।

आइतबार बराह बचत तथा ऋण सहकारीबाट ठगीएका पीडित संघर्ष समितिले नगरप्रमुख साम्पाङविरुद्ध नाराबाजी गर्दै कार्यकक्षको सिसा समेत तोडफोड गरेका थिए ।

वार्ताको लागि तयारी भइरहेको बेला नगर प्रमुख साम्पाङले ‘मलाई सोधेर रकम राखेको हो ?’ भनेपछि आक्रोसित पीडितहरुले कार्यकक्षमा तोडफोड गरेको बताइएको छ ।

साम्पाङले सोमबार इलाका प्रहरी कार्यालय धरानमा जाहेरी दिएका छन् । इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले नगर प्रमुख साम्पाङले जाहेरी दिएको जानकारी दिए ।

बराह पीडित संघर्ष समितिका संयोजक खगेन्द्र नेपाली र समितिका प्रवक्ता प्रदिप बाँस्तोलाविरुद्ध जाहेरी दिएको बताइएको छ । उनीहरुलाई पक्राउ गर्नका लागि अदालतबाट पूर्जी लिने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

हुलहुज्जत र अभद्र व्यवहारको जाहेरी आएको र प्रक्रिया अगाडि बढाउन निर्देशन दिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले जानकारी दिए ।

आइतबार छानबिन समितिसँगको वार्तामा बस्ने क्रममा मेयर साम्पाङले ‘मलाई सोधेर पैसा राख्न दिएको हो ?’ भन्ने अभिव्यक्ति दिएको भन्दै पीडितहरुले नगरप्रमुख विरुद्ध नाराबाजी गर्दै उनको कार्यकक्षको सिसासमेत फुटाई दिएका थिए ।

यता नगरप्रमुख साम्पाङले भने ‘यो राजनीतिक षड्यन्त्र भएकाले प्रहरीमा उजुरी दिएको छु, याे व्यक्तिमाथिको आक्रमण नभई नगर र स्थानीय सरकार माथिकै आक्रमण हो ।’

यो पनि हेर्नुहोस, लोसपाका लागि सरकारमा जाने च्याप्टर क्लोज भएकै हो ?

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल वर्तमान सरकारमा सहभागी हुने च्याप्टर लगभग क्लोज भएको छ । लोसपा मधेशका माग पुरा गरे सरकारमा जाने तयारीमा थियो । लोसपाले माग गरेअनुसार सरकारले नागरिकता विधेयक पारित गर्यो ।

आन्दोलनको क्रममा लागेका मुद्दा फिर्ता, बन्दी रिहा लगायतका केही माग पुरा गरेपछि लोसपा सरकारमा जाने तयारी गरिरहेको थियो ।

जसपाका वरिष्ठ नेता शरतसिंह भण्डारी र कार्यकारिणी सदस्य अनिलकुमार झा सरकारमा जाने लगभग तय नै भएको थियो । तर सरकारले आज संघ र प्रदेशको मिति घोषणा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय