बैतडी । बैतडीको दशरथचन्द नगरपालिका वडा न. ८की एक ८बर्षीय बालिका १५असारमा बल’त्कृत भइन् ।

स्थानिय दाजु पर्ने १५ बर्षका किसोरले उनलाई जंगलमा लगेर जवरजस्ती करणी गरेका थिए । पीडक किशोर अझै फरार रहेका छन् । बेहोस अवस्थामा बालिकाकी आमाले फेला पारेकी उनलाई १ हप्ता जिल्ला अस्पतालमा राखियो ।

त्यसपछि २० दिन घरमै बसेकी उनको स्वास्थ्य अवस्था बिग्रदै गएपछि ११ साउनमा पुनः अस्पतालमा ल्याइयो । यस पटक भने उनलाई ४ दिन अस्पताल भर्ना गरिएपनि उपचार हुन सकेको छैन् । अहिले बालिका हिड्न नसक्ने भएकाले बोकेर लैजानु पर्छ ।

पीडित बालिकाकी आमाले भनिन्,‘छोरीको थप उपचारका लागि धनगढी लग्नुपर्ने भएको छ । हामी संग पैसा छैन् । कतैबाट सहयोग हुन्छ की भन्दै नगरपालिकामा पनि गयौँ ।

केहि सहयोग पाइएको छैन् ।’ प्रहरीमा उजुरी गरे पनि बला’त्कारमा संलग्न अहिले सम्म पक्राउ नपरेको जानकारी दिएन् । अहिले उल्टै पीडक व्यक्तिको परिवार र गाउँलेले समेत उल्टै धम्की दिन थालेको उनको आमाको भनाई छ ।

पीडित बालिकाका बुवा अपांग छन् । उनि जन्मजात आखा देख्दैनन् । कसैलाई देखेमा ठम्याउन सकेपनि आखाँको उपचार हुन सकेको छैन् । ३सन्तानकी आमा रहेकी पीडित बालिकाकी आमाले मजदुरी गर्दै हुर्काएकी छोरी नै बल’त्कृत भएपछि अहिले उक्त परिवारलाई ठुलो आर्थिक समस्या परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय