काठमाडौं— एसीसी महिला ट्वान्टी–२० च्याम्पियनसिपमा नेपाल आज समूह चरणको अन्तिम खेलमा हङकङविरुद्ध पहिलो ब्याटिङ गर्ने भएको छ । 

सेमिफाइनल स्थान बनाइसकेको नेपालकी कप्तान रुबिना क्षेत्रीले क्वालालम्पुरस्थित किनरारा एकेडेमी ओभलमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेकी हुन् । आजको विजेता टोली समूह ‘बी’ को विजेता बन्नेछ । 

नेपालले यसअघि भुटानलाई ५० र कुवेतलाई २५ रन तथा बहराइनलाई ८ विकेटले पराजित गरेको थियो । हङकङ भने बहराइनलाई ८ विकेट, भुटानलाई १४ रनले हराएको थियो । 

नेपाली टोली 

रुविना क्षेत्री (कप्तान), इन्दु बर्मा, कविता जोशी, काजल श्रेष्ठ, बिन्दु रावल, ममता चौधरी, संगीता राई, सवनम राई, सीता रानामगर र अम्परी बेगम ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय