ढल्केवर— निशुल्क रुपमा भगवानको प्रतिमा (मूर्ती) उपलब्ध गराएको व्यक्तिलाई सम्मान गरिएको छ ।

धनुषाको मिथिला नगरपालिका–७ ढल्केवर पोखरियास्थित मिथिला सागरमा भगवानको प्रतिमा (मूर्ती) निशुल्क रुपमा उपलब्ध गराउने व्यक्तिलाई सम्मान गरिएको हो ।

रौतहटको चन्द्रपुर नगरपालिकाका पण्डित एवं समाजसेवी शिव प्रसाद पोखरेललाई ढल्केवरका पण्डित भिमराज शर्माले व्यक्तिगत रुपमा सम्मान गरेका हुन् ।

पोखरेललाई सोमवार मन्दिर परिसरमै दोसल्ला ओढाएर शर्माले व्यक्तिगत रुपमा सम्मान गरेको हो । पोखरेल आफ्नो गुरु समेत भएको पण्डित शर्माले जनाए ।

पोखरेलले मिथिला सागर पोखरीको बीचमा अवस्थित उत्तरेश्वर महादेव मन्दिरको परिसरमा भगवानको मुर्ती, बसहाको प्रतिमालगायतको मुर्तीहरु निशुल्क रुपमा उपलब्ध गराएका हुन् ।

सम्मानित भएपछि समाजसेवी पोखरेलले मिथिला सागरका लागि थप मुर्तीहरु सहयोग गर्ने प्रतिवद्धता जनाए ।

पछिल्लो समय मिथिला सागर आन्तरिक तथा बाह्रय पर्यटकको आकर्षणको केन्द्र बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय