जनकपुरधाम— अविरल वर्षाका कारण धनुषाको गणेशमान नगरपालिका–८ स्थित कमला नदीको बीच टापुमा फसेका तीन जनालाई सशस्त्र प्रहरीले बिहीवार बिहान सकुशल उद्धार गरेको छ ।

रातको समयमा तरकारी कुर्न गएका उनीहरू नदीमा पानीको बहाव बढेपछि टापुमा फसेका थिए।

टापुमा मानिसहरू फसेको जानकारी पाएपछि तत्कालै सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण धनुषा र सुरक्षा बेस रघुनाथपुरबाट खटिएको टोलीले उनीहरूको उद्धार गरेको हो।

उद्धार गरिएकाहरू सोही ठाउँको लभटोली बस्ने ४६ वर्षीय गणपती यादव, ४० वर्षीया सीतादेवी यादव र २७ वर्षीय सञ्जय अधिकारी रहेको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय