काठमाडौं— अमेरिकाले नेपाली सेनालाई रेस्क्यु बोट सहयोग गरेको छ।

आउट बोर्ड मोटरसहितका चार वटा रेस्क्यु बोट जंगि अड्डामा हस्तान्तरण गरेको हो।

ती सामग्री अमेरिकी राजदूतावासका प्रतिरक्षा सहकार्यको कार्यालयका प्रमुख सेनानी माइकल पी ह्वाइटले नेपाली सेनाको विपद व्यवस्थापन निर्देशनालयका निर्देशक सहायक रथी रामनाथ शर्मालाई हस्तान्तरण गरेका हुन्।

ती रेक्स्यु बोटहरु बाढी, डुवान जस्ता जल उत्पन्न विपदका समयमा उद्धार तथा राहत कार्यमा उपयोगी हुनेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय