काठमाडौं— आज (बुधबार) राति पनि देशका धेरै स्थानमा पानी पर्ने र केही स्थानमा धेरै ठूलो वर्षासमेत हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले अघि साँझ ६ बजे जारी गरेको मौसम पूर्वाुनुमान बुलेटिनअनुसार आज राति प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

यस क्रममा प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी (ठूलो) वर्षा तथा एक वा दुई स्थानमा धेरै भारी वर्षासमेत हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै भोलि बिहीबार पनि प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षा तथा एक वा दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशहाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ।

महाशाखाले आगामी २४ घण्टा (बिहीबार साँझ ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

जसमा भनिएको छ : प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित भारी, धेरै भारी वर्षाको सम्भावना रहेकाले र उक्त प्रदेशका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय