जनकपुरधाम— धनुषाको मुखियापट्टी मुसहरनियामा निषधाज्ञा प्रभावित परिवारलाई खाद्यान्नलगायतका राहत सामाग्री वितरण गरिएको छ ।

आइतवार धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नं २ मा युवाहरूले निषधाज्ञा प्रभावित गरिब, अतिविपन्न  तथा असहाय परिवारलाई खाद्यान्न वितरण गरेका हुन् ।

स्थानीय युवा अगुवा नवल महतोको पहलले शक्ति यादव र रमेश्वर यादवको सहयोगमा उपलब्ध गराइएको खाद्यान्न सामाग्री आइतवार युवाहरूले वितरण गरेका हुन् । मुखियापट्टी मुसहरनिया गाउँपालिका-२ मुखियापट्टीका ५० घरपरिवारलाई खाद्यान्न वितरण गरेको स्थानीय युवा अगुवा नवल महतोले जानकारी दिए ।

महतोका अनुसार प्रत्येक घरपरिवारलाई १० केजी चामल, १ केजी दाल, ५ केजी आलु, १ केजी नुन, ५०० ग्राम साेयाविन, १ केजी चिउरालगायतका खाद्यान्न सामाग्री वितरण गरिएको हो ।

राहत वितरण कार्यक्रममा नेपाल विद्यार्थी संघ धनुषाका अध्यक्ष कपिलदेव यादव, स्थानीय युवा सचिन यादवलगायतका युवाहरूको विशेष उपस्थिती रहेको थियो ।

कोरोना महामारीको संक्रमण रोकथाम र नियन्त्रण गर्न जारी गरिएको निषधाज्ञाका कारण निभेको गरिबको चुलो बाल्न युवाहरू निरन्तर सक्रिय छन् । यसअघि विभिन्न चरणमा उनीहरू राहत वितरण गरिसकेका छन् ।

केहिदिन अघिमात्रै कोरोना संक्रमणबाट निधन भएका धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–३ का एक व्यक्तिको परिवारलाई उनीहरूले आर्थिक सहयोग गरेका थिए ।

गरिब, विपन्नको घाउमा मलहमपट्टी गर्ने कार्यमा युवाहरूको सक्रियताले उनीहरूको चौतर्फी प्रशंसा भएरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय