सप्तरी— द्रूतगतिको ट्यांकरले शनिवार सप्तरीको पूर्वपश्चिम राजमार्गस्थित सडकमा २ किलोमिटरको दूरीमा २ वटा मोटरसाइकललाई ठक्कर दिँदा २ बालिकाको मृत्यु भएको छ ।

अग्नीसाइर कृष्णसवरण गाउँपालिका–२ स्थित सितापुरमा भएको दुर्घटनामा रुपनी गाउँपालिका–३ कटैयाकी विष्णुदेव प्रमाणीकी छोरी ८ वर्षीया यसोदाकुमारी प्रमाणीको र चाँदनी चोकमा भएको दुर्घटनामा कञ्चनरूप नगरपालिका–६ घोघनपुरका मो. अरन्जैबकी छोरी ७ वर्षीया सुमैया प्रविणको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ना७ख ५४९५ नम्बरको ट्यांकरले सितापुर चाँदनी चोकमा स११प २५८५ नम्बरको मोटरसाइकललाई र वीरेन्द्र बजारमा स२प ५२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको स्थानीयले बताए ।

दुर्घटनामा यसोदाकी आमा ३२ वर्षीया सुमनदेवी र मामा कुसुमलाल मण्डल घाइते भएका छन् । सुमैयाकी परिवारकी सदस्य नविया प्रबिण घाइते भएकी छिन् ।

घाइतेहरूको कञ्चनरूप नगरपालिकाको ठेलियास्थित अस्पतलामा उपचार भइरहेको छ । मृतक परिवारलाई क्षतिपूर्ति र मनोमानी ढंगले सवारीसाधन चलाउनेलाई कारवाहीको माग गर्दै स्थानीयले सडकमै शव राखेर राजमार्ग अवरुद्ध गरेका छन् । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय