ढल्केवर— धनुषाको ढल्केवरमै ट्रमा सेन्टर निर्माण गर्नुपर्ने माग गर्दै प्रदर्शन गरिएको छ । संघिय सरकारले ढल्केवर तोकेर निर्माण गर्ने भनिएको ट्रमा सेन्टर यथास्थानमै बन्नुपर्ने माग गर्दै स्थानीयहरू प्रदर्शनमा उत्रिएका छन् ।

मंगलवार ट्रमा सेन्टर बचाउ संघर्ष समितिद्वारा आयोजित विरोध प्रदर्शनमा स्थानीयहरू मेयरविरूद्ध चर्को नाराबाजी गर्दै सडकमा उत्रिएका हुन् ।

प्रदर्शनका सहभागिहरुले पूर्व निर्धारित स्थानमा ट्रमा सेन्टर निर्माण गर, ट्रमा सेन्टर अयन्त्र सार्न पाइँदैन, विकास विरोधी मेयर मुर्दावाद जस्ता नारा लेखिएका प्लेकार्ड तथा ब्यानर बोकर स्थानीय सरकारविरूद्ध चर्को नारावाजी गर्दै प्रदर्शन गरेका छन् ।

ढल्केवरस्थित कृषि हाट बजारको परिसरबाट निस्किएको बिरोध जुलुस चौकको विभिन्न भागमा परिक्रमा गर्दै मिथिला नगरपालिकाको कार्यालय पुगेर नगर प्रमुख हरिनारायण महतोलाई ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्र बुझ्दै नगरप्रमुख महतोले नगर बोर्डबाट ढल्केवरको लागि निर्णय गरेर सिफारिस गर्ने प्रतिबद्धता जनाएको संघर्ष समितिका संयोजक बुधेश्वर महतोले बताए । उनले प्रतिबद्धता अनुसार निर्णय नभए थप शसक्त आनदोलन हुने चेतावनी दिए ।

समितिका अर्का संयोजक चन्देश्वर महतोले नेपाल सरकारले ढल्केवरलाई तोकेर ट्रमा सेन्टर निर्माणका लागि बजेट छुट्टयाएकोले यही ठाउँमा बन्नुपर्ने बताए । ट्रमा सेन्टरका लागि शसक्त आनदोलन गर्न पनि तयार रहेको संयोजक महतोले बताए ।

नेपाल सरकारले धनुषाको मिथिला नगरपालिकास्थित ढल्केवरमा ट्रमा सेन्टर निर्माणका लागि आगामी आर्थिक वर्ष २०७८/०७९ मा बजेट छुट्याएको छ । गएको जेष्ठ १५ गते नेपाल सरकारले ०७८/०७९ को लागि जारी गरेको प्रस्तुत बजेटमा ढल्केवरलाई किटान गरेर ट्रमा सेन्टर निर्माण गर्न बजेट विनियोजन गरिएको छ ।

बजेट विनियोजनपछि यहाँका बासीमा बर्षौदेखिको सपना पुरा भएको भन्दै राम्ररी खुशियाली साटासाट गर्न नपाउँदै ट्रमा सेन्टर अयन्त्र सार्न लागेको खबर बाहिरिएपछि स्थानीयबासी मेयर महतोप्रति क्रुद्ध बनेका छन् ।

साभारः द पब्लिक टुडे

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय