काठमाडाैं— प्रहरीमाथि दुर्व्यवहार गरेको घटना चर्चामा आएपछि अन्ततः ज्वाला संग्रौलालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले संग्रौलालाई पक्राउ गरेको परिसर प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।

प्रहरीमाथि दुर्व्यवहार गरेको घटना बाहिर आएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको सिंहले बताए ।

केही दिनअघि संग्रौलाले प्रहरी कर्मचारीलाई जातका आधारमा सरुवा गर्ने धम्की दिएको भन्दै भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

साभारः लोकान्तर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय