जनकपुरधाम— धनुषामा चट्याङ लागेर दुई बालक घाइते भएका छन्  ।

शुक्रबार वर्षासँगै परेको चट्याङबाट जनकपुरधाम उपमहानगरपालिका १ स्थित  पुलचोक बस्ने हकिम साफीका ११ वर्षीय छोरा रहान साफी र साबिक शेखका १२ वर्षीय छोरा शहीद शेख घाइते भएको प्रहरीले जनाएको छ ।

जनकपुरधामको पुल्चोकस्थित रेल्वे स्टेशन नजिकै चट्याङ लागेर दुबै बालक घाइते भएको धनुषाको प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए ।  पिपलको रुखमा चटयाङ खस्दा रुखमुनि खेलिरहेका दुई बालक घाइते भएका हुन् ।

घाइतेमध्ये रहान साफीको अवस्था गम्भीर रहेको धनुषाका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक मिश्रले जानकारी दिए । घाइते दुबै बालकको स्थानीय रामजानकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय