काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको काम चलाउ सरकारले पूर्णता पाएको छ । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्लाई विस्तार गरेका छन् ।

सत्तारुढ नेकपा एमालेबाट ६ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका ओलीले जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षबाट एक मन्त्री बनाइएका छन् ।

२५ सदस्यीय मन्त्रिपरिषद्मा तीन उपप्रधानमन्त्री छन् भने १८ मन्त्री र तीन राज्यमन्त्री रहेका छन् ।

ओलीले खगराज अधिकारीलाई गृहमन्त्री नियुक्त गरेका छन् । यस्तै तत्कालिन गृहमन्त्री रामबहादुर थापाकी पत्नी नैनकला थापा सञ्चार तथा प्रविधिमन्त्री बनेकी छन् । ओलीले एमालेबाट नादरमुनी रानालाई वनमन्त्री बनाएका छन् ।

विस्तारित मन्त्रिपरिषद्मा प्रदेश नं २ बाट थप दुइनेता अवसर पाएका छन् । जसपाको महन्थ ठाकुर पक्षबाट राजकिशोर यादव उद्योगमन्त्री बनेका छन् । यस्तै पूर्व माओवादी केन्द्र खेमाबाट ज्वालाकुमारी साह कृषिमन्त्री बनेकी छन् । प्रदेश २ को प्रदेशसभा सदस्यमा माओवादी केन्द्रबाट निर्वाचित उनी एमाले प्रवेश गरेपछि उनी पदमुक्त भएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय