जनकपुरधाम— प्रदेश २ को सरकारमा नेपाली कांग्रेस पनि सहभागी हुने भएको छ । तीन मन्त्रालय लिएर कांग्रेस सरकारमा जान लागेको हो ।

जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र नेपाली कांग्रेसबीच बुधबार सहमति भएपछि कांग्रेस सरकारमा जान लागेको सत्ता पक्षका वार्ता समितिका एक सदस्यले जानकारी दिए ।

कांग्रेसबाट संसदीय दलको नेता रामसरोज यादवको नेतृत्वमा ओमप्रकाश शर्मा र वीरेन्द्र सिंह सरकारमा जाने भएका छन् । यादवले भौतिक पूर्वाधार, शर्माले ऊर्जा र सिंहले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हाल्ने स्रोतले बतायो ।

तीनै जना मन्त्रीको सपथ केही बेरमै हुने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय