काठमाडाैं— बुधबार दोस्रो पटक भूकम्प गएको छ । लमजुङको भुलभुले केन्द्रबिन्दु भएर  ८ बजेर २६ मिनेट जाँदा दोस्रो पटक भूकम्प गएको हो । भूकम्प ५.३ म्याग्‍निच्यूडको गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

बुधबार बिहान ५ बजेर ४२ मिनेटमा पनि भुलभुले नै केन्द्रबिन्दु भएर ५.८ म्याग्नेच्यूडको भूकम्प मापन गरिएको थियो ।

बुधबार बिहान पहिलो पटक गएको भूकम्पमा परी ३ जना घाइते भएका छन् । प्रहरीका अनुसार जिल्लाका मर्स्याङ्दी गाउँपालिकाका ४० वर्षीया उमा गुरुङसहित ३ जना सामान्य घाइते भएका हुन् ।
प्रहरीका अनुसार भूकम्पबाट केही कच्चीघरहरु भत्किएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय